काठमाडौं । विशेष चित्रकला कार्यशाला राजधानीमा सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको आयोजना तथा प्रतिष्ठानका प्राज्ञ तथा चर्चित कलाकार सञ्जय बान्तवाको विशेष पहलमा ‘विशेष चित्रकला कार्यशाला’ संघीय राजधानी काठमाडौंमा सम्पन्न भएको हो ।
अपांगता भएका कलाकारहरूको क्षमता प्रदर्शन तथा उनीहरूको कलालाई प्रबद्र्धन गर्ने उद्देश्यले आयोजित सो चित्रकला कार्यशालामा १० जना अपांगता भएका कलाकारहरूले भाग लिएका थिए ।
प्राज्ञ बान्तवा नेपालका चर्चित अपांगता भएका कलाकार हुनुहुन्छ । उहाँका चित्रकलाहरूको स्वदेश तथा विदेशमा धेरै पटक प्रदर्शनीसमेत भइसकेको छ । सो चित्रकला प्रदर्शनीमा नेपालका माउथ पेन्टर (मुखले चित्र बनाउने) अमिर बञ्जन तथा चर्चित बहिरा कलाकार प्रतिज्ञ शाक्यलगायत १० जना कलाकारले कार्यशाला अवधिमै विभिन्न खालका सन्देशमूलक चित्रकला कोर्नुभएको थियो । कार्यशालाको उद्घाटन तथा समापन सत्रलाई सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति केके कर्माचार्य (कान्छा कुमार)ले यस विशेष चित्रकला कार्यशालामा अपांगता भएका कलाकारको कलालाई मुक्तकण्ठले प्रशंसा गर्दै कार्यशालाको आयोजना गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
अन्तर्राष्ट्रियस्तरमा नेपालका अपांगता भएका कलाकारको चित्रलाई प्रबद्र्धन गर्न तथा उनीहरूलाई प्रोत्साहन गर्न आइसल्याण्डका चर्चित माउथ पेन्टर ब्राण्डुर कार्सन पनि कार्यशालामा सहभागी हुनुभएको थियो । एक सामाजिक उद्यमीका रूपले समेत आफ्नो परिचय बनाएका ब्राण्डुर २६ वर्षको उमेर हुँदा एक रोगका कारण घाँटी भन्दा तल सम्पूर्ण शरिर प्यारलाइसिस भएपछि उहाँले मुखले गर्ने काम के गर्न सक्छु त ? भनेर विकल्पहरूको खोजी गर्दै जाँदा एकजना महिला कलाकारले मुखले चित्र बनाएको भन्ने थाहा पाएपछि ‘म पनि अब चित्र कोर्छु’ भन्ने अठोटका साथ उहाँले कलाकारिता क्षेत्रमा पाइला टेक्नुभएको हो । उहाँको अथक प्रयास तथा निरन्तरको अभ्यासबाटै अहिले अन्तर्राष्ट्रियस्तरमै चर्चित माउथ पेन्टर बन्न सफल हुनुभएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा