काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानका निवर्तमान कुलपति गंगाप्रसाद उप्रेतीद्वारा लिखित संस्मरणात्मक निबन्धहरूको नवीनतम कृति ‘स्मृति-बिम्ब’ पाठकमाझ आएको छ । ‘स्मृति-बिम्ब’ व्यक्तिकेन्द्रित संस्मरणहरूको संग्रह हो । जीवनमा भेटेका, सहकार्य गरेका र उनीहरूका सत्कर्मबाट प्रभावित भएका विभिन्न १६ जना व्यक्तिहरूलाई विषय बनाएर लेखिएका संस्मरणात्मक निबन्धहरूको संग्रह ‘स्मृति-बिम्ब’लाई शमी साहित्य प्रतिष्ठान, काठमाडौंले प्रकाशन गरेको हो ।
‘स्मृति-बिम्ब’भित्र मेरा बा, मेरी आमा, वरिष्ठ भाषाशास्त्री प्राज्ञ बालकृष्ण पोखरेलको सम्झनामा, बैरागी काइँलासँग भएका सहकार्यबाट प्राप्त अनुभव, वरिष्ठ वामपन्थी बुद्धिजीवी गोविन्दप्रसाद लोहनीको सम्झनामा, स्मृतिमा कोशु दाइ अर्थात् केशवप्रसाद कोइराला, अनुवादमार्फत नेपाललाई विश्वसँग जोड्ने स्रष्टा कृष्णप्रकाश श्रेष्ठ, सबैको अविभावक हुनसक्ने क्षमता भएका मोहनकृष्ण खरेल, दृढ अडान भएका वामबुद्धिजीवी डा.राममान श्रेष्ठ शीर्षकका संस्मरणहरू समाविष्ट छन् ।
यसैगरी संग्रहभित्र मूर्तिकलाको व्यासासनबाट मोक्षका भजन गाउने स्रष्टा ठाकुरप्रसाद मैनाली, प्रतिबद्ध वामपन्थी बद्धिजीवी : महेश्वरमान श्रेष्ठ, राममणि आ.दी.का सच्चा उत्तराधिकारी केशवमणि आ.दी., आफ्नै बुताले उठेका केवली तथा जमुना सेडाईं, विद्रोही अभियन्ता तथा साधनारत स्रष्टा नारायणप्रसाद संग्र्रौला, झापाका छन्दकवि रोहिणीविलास लुइँटेल, कोभिड-१९ले खोसेर लगेका मेरा साथी मोतीबहादुर इङ्नाम र स्मृतिमा सधैँ रहने विष्णुराज आत्रेय रहेका छन् । सबै निबन्धहरू २०७८-२०७९ भित्र लेखिएका हुन् । ‘स्मृति-बिम्ब’ उप्रेतीको पन्ध्रौं प्रकाशित कृति हो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts