‘अश्रु’को गजलसंग्रह ‘आकाश मेरो पनि’ लोकार्पण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । सिक्किमेली स्रष्टा जीविका ‘अश्रु’को गजलसंग्र्रह ‘आकाश मेरो पनि’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक समारोहबीच अश्रुको गजल कृति ‘आकाश मेरो पनि’ लोकार्पण गरिएको हो । राष्ट्रिय जनसाहित्यिक संघ, नेपालको आयोजना र राम विनयको सभाध्यक्षतामा सम्पन्न समारोहको प्रमुख अतिथि जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष प्रेमनाथ अधिकारी रहनुभएको थियो ।

कार्यक्रममा डा.देवी नेपालले कृतिको समीक्षा गर्दै संग्रहभित्रका गजलले जुनसुकै चुनौतीको सामना गर्न पनि सामथ्र्य रहेको जिकिर गर्नुभयो । उहाँले गजल पूणर्तः आशावादी रहेको बताउँदै गजलतर्फ बढेका पाइला नमोड्न स्रष्टा ‘अश्रु’लाई आग्रह गर्नुभयो । यस्तै, विशिष्ट अतिथि स्नेह सायमिले साहित्यको सिमाना नहुने बताउँदै नेपालकी चेली जीविका अश्रु सिक्किममा रहेर भाषा साहित्यको सेवामा अनवरत लागिरहेको बताउनुभयो ।

ADVERTISEMENT

अर्का विशिष्ट अतिथि डेउडा गायक नन्दकृष्ण जोशीले आफूले कान्तिपुर रेडियो कार्यक्रममा वाचन गर्ने गरेका गजलको स्मरण गर्दै आज यहाँ पुस्तकाकारमा आएको कृति ‘आकाश मेरो पनि’ विमोचनको कार्यक्रम काठमाडौंमा भएको हुँदा यसले स्रष्टाहरूलाई एकै मालामा गाँसेको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथिले जीविकाको साहित्यिक चेत संगीतमय छ भन्दै जातीय विभेद हटाएर एकताबद्ध भएर रहने चेत भएका गजल रहेको बताउनुभयो । दीपेन्द्र बनेपालीले संयोजन गरेको कार्यक्रमको सञ्चालन ज्ञानु विद्रोहीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?