‘नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुँदै

Read Time = 3 mins

काठमाण्डाैं । सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को १० औँ संस्करण आयोजना हुने भएको छ ।

मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा पुस ३ देखि ६ गतेसम्म काठमाडौँस्थित नेपाल पर्यटन बोर्डको हलमा महोत्सव सञ्चालन हुनेछ । ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’ को नारासहित आयोजना गरिने महोत्सवको उद्घाटनमा शान्ता नेपाली निर्देशित वृत्तचित्र ‘क्लाइमिङ ट्याम्पेचर्स, टप अफ द वल्र्ड’ र समापन समारोहमा दीपक रौनियार निर्देशित ‘फोर नाइट्स’ देखाइनेछ ।

विश्वभरिबाट खुला आवेदनमार्फत सङ्कलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसनलगायत नेपालसहित २५ देशका ६४ चलचित्र महोत्सवमा देखाइने छ । नेपालबाट निर्देशक अभिनाशविक्रम शाह, भारतबाट लेखक तथा निर्देशक अनिर्वाण भट्टचार्य, कोरियाबाट मावनअधिकार अभियन्ता तथा महोत्सव निर्देशक सुली दिलबर र इजरायलबाट लेखक तथा निर्देशक ओश्रा स्वार्ज रेम जुरीको रुपमा हुनुहुन्छ ।

ADVERTISEMENT

महोत्सवमा प्रर्दशन गरिने चार विधाका उत्कृष्ट चलचित्रलाई नगदसहित अवार्ड प्रदान गरिने छ । एक उत्कृष्ट नेपाली महिला निर्देशकलाई अवार्ड प्रदान गरिने छ । महोत्सवमा ‘लुकेर बसेका कथालाई कसरी वृत्तचित्रमा प्रस्तुत गर्ने ?’ विषयमा भारतीय वृत्तचित्र निर्देशक अनिर्वाण भट्टचार्यको प्रवचन र ‘जलवायु परिवर्तन र न्यायसम्बन्धी’ विषयमा मानवअधिकारकर्मी, जलवायुसम्बधी विज्ञ, चलचित्रकर्मीसँग प्यानल छलफल हुनेछ । महोत्सवका निर्देशक पाण्डव खत्रीले चलचित्रकर्मी र मानवअधिकारको क्षेत्रमा क्रियाशील व्यक्तित्वका लागि महोत्सवले योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।

“विदेशी फिल्म कसरी निर्माण भइरहेका छन्, कथा कसरी छनोट गरिएको छ, कथा वाचन गर्ने शैली, पात्र चयन, पात्रको अभिनय, त्यसको खिचाइ कस्ता छन् भन्ने कुराबाट युवा पुस्ताका चलचित्र निर्देशकले अनुभव गर्न पाउनेछन् । यस्ता खालका महोत्सवबाट नेपाली कला, संस्कृतिको साथै नेपालको अन्तर्राष्ट्रिय छवि निर्माणमा समेत सहयोग पुर्‍याउने विश्वास लिएका छौँ”, निर्देशक खत्रीले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *