फेशन एण्ड मोडल अवार्डको नयाँ संस्करण हुँदै

Read Time = 2 mins

काठमाडौं । पेजेन्ट नेपाल इन्टरनेशनल फेशन एण्ड मोडल अवार्डको नयाँ संस्करण हुनेभएको छ । अंग्रेजी नयाँ वर्ष २०२३ को पूर्वसन्ध्यामा नेपाली फेशन र मोडलिङ क्षेत्रको प्रवद्र्धनका लागि ‘पेजेन्ट नेपाल इन्टरनेशनल फेशन एण्ड मोडल अवार्ड-२०२२’ आयोजना हुने भएको हो ।

टच इन्टरटेनमेन्ट एण्ड स्पर्श फिल्मस्, पेजेन्ट नेपाल इन्टरनेशनल र ब्राइट इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा यो अवार्ड काठमाडौंको सोल्टीमो स्थित हायात प्लेसमा गर्न लागिएको हो । अवार्डको आयोजना आगामी १४ पुसमा हुने आयोजक एवं मोडल दिक्पाल कार्कीले जानकारी गराउनुभयो ।

ADVERTISEMENT

विगत आधा दशकदेखि आयोजना हुँदै आएको यो अवार्ड कोरोना महामारीका कारण एक वर्ष रोकिएको थियो । गत वर्षबाट पुनः यो अवार्डलाई आफूले निरन्तरता दिएको अर्का आयोजक तथा अभिनेता यसराज गराचले बताउनुभयो । यसअघि तीन संस्करण सम्पन्न भइसकेको यो अवार्डको चौथो संस्करणमा सम्बन्धित विधाका अग्रज व्यक्तिहरूलाई सम्मान गरिने आयोजक यसराजले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *