प्रहरीको भूमिकामा देखिँदै दीपिका

Read Time = 2 mins

मुम्बई । ‘सिंघम ३’मा दीपिका पादुकोण महिला प्रहरी अफिसरको भूमिकामा देखिनुहुने भएको छ । रोहित शेट्टीले निर्देशन गर्ने यस चलचित्रमा दीपिका महिला प्रहरी अफिसरको भूमिकामा देखिने खुलासा भएको हो । ८ डिसेम्बरमा रणवीर सिंहको चलचित्र ‘सर्कस’को गीत ‘करेन्ट लगा’ एक कार्यक्रमका बीच सार्वजनिक भएको थियो । जहाँ रणवीर, दीपिका र रोहित तीनैजना सोही कार्यक्रममा पुग्नुभएको थियो । कार्यक्रममा निर्देशक रोहितले आफू चाँडै ‘सिंघम ३’ मा काम सुरु गर्ने बताउनुभएको थियो ।

कार्यक्रममा रोहितले भन्नुभयो, ‘मानिसहरूले मलाई सोध्छन् कि तपाईंको प्रहरी युनिवर्स चलचित्रमा महिला प्रहरी अफिसरको भूमिका कसले निभाउला, त्यसैले आज तपाईंलाई बताउन चाहन्छु कि दीपिका ‘सिंघम ३’ मा लेडी सिंघमको भूमिकामा देखिनुहुनेछ ।’

ADVERTISEMENT

रोहितको निर्देशनमा अहिलेसम्म ‘सिंघम’, ‘सिंघम रिटन्र्स’, ‘सिम्बा’ ‘सूर्यवंशी’ जस्ता हिट चलचित्र समावेश छन् । सिंघम फ्रेन्चाइजमा अजय देवगन मुख्य भूमिकामा रहनुभएको छ । दीपिका पनि यस फ्रेन्चाइजको हिस्सा बन्न लाग्नुभएको छ । योे चलचित्र २०२३ को अन्त्यमा सार्वजनिक हुने अपेक्षा गरिएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *