म्याग्दीमा धान र कोदो उत्पादन घट्यो

रासस
रासस
Read Time = 3 mins

म्याग्दी । म्याग्दीमा यस वर्ष धान र कोदो खाद्यबालीको उत्पादन घटेको छ । गत वर्षको तुलनामा धान ११.५० प्रतिशत र कोदो ६.८७ प्रतिशतले उत्पादन घटेको हो ।

धानको उत्पादकत्व प्रतिहेक्टर ०.३ मेट्रिक टन र कोदो प्रतिहेक्टर ०.१ मेट्रिक टनका दरले घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । फूल खेल्ने समयमा वर्षात् र रोप्ने समयमा खडेरीका कारण धान र कोदो उत्पादनमा असर पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देलले बताउनुभयो ।

रोपाइँ ढिलाइ हुनु र खेतबारी आसपासका क्षेत्रमा बढेको जङ्गलको ओसले पनि धान र कोदोको उत्पादन घट्नुको थप कारण भएको उहाँले बताउनुभयो । गत वर्ष म्याग्दीमा १३ हजार चार सय ८० मेट्रिक टन धान र तीन हजार चार सय ९० मेट्रिक टन कोदो उत्पादन भएको थियो । यसपालि तीन हजार दुई सय ५० मेट्रिक टन कोदो र ११ हजार नौ सय २९।३३ मेट्रिक टन धान उत्पादन भएको केन्द्रका प्राविधिक सहायक सम्झना आचार्यले बताउनुभयो ।

ADVERTISEMENT

“जिल्लाका विभिन्न ठाउँमा गरिएको धान र कोदो बालीको क्रप कटिङ विधिबाट उत्पादनको अवस्थाका विषयमा अध्ययन गरेका थियौँ”, उहाँले भन्नुभयो, “धान प्रतिहेक्टर ३.४ मेट्रिक टनबाट घटेर ३.१ मेट्रिक टन प्रतिहेक्टर भएको छ । कोदोको उत्पादकत्व प्रतिहेक्टर १.२८ बाट घटेर १.२७ मेट्रिक टन भएको छ ।”

कृषि प्राविधिकहरूले जिल्लाका विभिन्न स्थानमा धान र कोदोको क्रप कटिङ गरेर उत्पादकत्व पहिचान गरेका थिए । म्याग्दीमा दुई हजार सात सय ५० हेक्टर क्षेत्रफलमा कोदो र तीन हजार आठ सय ९० हेक्टर क्षेक्रफलमा धान खेती हुन्छ । गौरी, जेठो बुडो, जर्नेली, पहेंले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण-३, खुमल-४, खुमल-१०, लुम्ले-२ लगायतका उन्नत जातका धानखेती हुने गर्छ ।

लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धानखेती हुन्छ । कोदो भने स्थानीय जातको खेती हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?