वालिङमा व्यावसायिक केराखेती : वार्षिक चार लाख मुनाफा

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

स्याङ्जा । यहाँका एक किसानले केराखेतीबाट वार्षिक चार लाख मुनाफा आर्जन गरेका छन् । वालिङ नगरपालिका-१ धरमपानीका कृष्णप्रसाद ढुङ्गानाले व्यावसायिक केराखेतीबाट उक्त रकम आर्जन गर्नुभएको हो ।

सबै खर्च कटाएर एक वर्षमा चार हजार पाँच सय दर्जन काँचो तथा पाकेका केरा बेच्दा त्यति रकम नाफा भएको उहाँले राससलाई बताउनुभयो । “मेरा बारीका केरा स्थानीय व्यापारीले बगैचाबाट नै खरिद गर्छन् ”, उहाँले भन्नुभयो । स्थानीय बजारमा केराको माग उच्च भए पनि मागअनुसार आपूर्ति हुन सकेको छैन ।

ADVERTISEMENT

तीन वर्षअघि किसान ढुङ्गानाले व्यावसायिक रूपमा केराखेती थाल्नुभएको हो । व्यावसायिक रूपमा ड्रागन फ्रुटको खेती गर्न जग्गा सम्म्याउने क्रममा पुरुवा माटोमा केरा राम्रो हुन्छ भन्ने थाहा पाएपछि उहाँले केराखेती प्रारम्भ गर्नभएको हो । उहाँको बगैचामा स्थानीय र हाइब्रिड केरा फलेका छन् ।

उद्यमी ढुङ्गानाले २० रोपनीमा केराखेती गर्दै आउनुभएको छ । बगैचामा झापाली मालभोग, चिनी केरा, पुरानो मालभोग, धुस्रे र स्थानीय मुग्रे गरी पाँच प्रजातिका केरा लगाउनुभएको छ । उहाँले ४० रोपनीमा ड्रागन फ्रुटको खेती पनि गर्दै आउनुभएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज