हेटौंडामा विश्वकप पार्क सञ्चालन

Read Time = 4 mins

-श्रीराम अर्जुन
हेटौंडा । कतारमा जारी फिफा विश्वकप खेलमा सहभागी ३२ राष्ट्रका खेलाडीहरुलाई नेपाल भ्रमणमा आउन निम्तो दिने उद्देश्यले हेटौंडामा विश्वकप पार्क सञ्चालनमा ल्याइएको छ । एष्ट्रोनोभा फाउन्डेसन नेपालले हेटौंडाको सहिद स्मारकमा विश्वकप पार्क निर्माण गरि यस सन्देश प्रवाह गरिरहेको छ ।

एउटा अभियानको रुपमा सानो प्रयास थालिएको फाउन्डेसनका अध्यक्ष किसन बास्तोलाले नेपाल जस्तो प्राकृतिक सुन्दरताको देशमा ३२ राष्ट्रका खेलाडीहरुलाई भित्र्याउने उद्देश्यले निम्तो सहित सञ्चारमाध्यम मार्फत खबर पुगोस् भन्ने उद्देश्यले पार्क निर्माण गरि अभियान चलाइएको बताउनुभयो ।

उहाँले फुटबल खेलप्रेमी दर्शकहरुलाई यसको प्यास मेटाउन स्मारक परिसरमा वल्र्डकप पार्क बनाइएको बताउनुभयो । ३२ राष्ट्रकै खेलाडी र खेलप्रेमीहरुलाई नेपाल भ्रमणका लागि आग्रह र अनुरोधका साथ पार्क सञ्चालन गरिएको बताउँनुभयो ।
जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्गीले राष्ट्रले गर्नुपर्ने काम निजी क्षेत्रले गरेकोमा धन्यवाद दिदैं सरोकार निकाय सम्म आफुहरुले पनि सहयोग र समन्वय गर्ने बताउँनुभयो । ३२ राष्ट्रका झण्डा सहित चर्चित खेलाडीको स्ट्याचु बनाइ राखिएकोमा पार्कलाई अझ शोभा बढाएको बताउनुभयो ।

ADVERTISEMENT

जिल्ला फुटबल संघका उपाध्यक्ष युवराज ब्लोनले फुटबल निकायले अनिवार्य गर्नुपर्ने थियो तर यहाँ निजी क्षेत्रबाट सुरु यस्तो पार्क सञ्चालन गरिएको बताउँनुभयो । संघका जिल्ला अध्यक्ष र एन्फाका अध्यक्ष कतारमा नै रहेको बताउँदैं यस र्पाकको विषयमा आयोजक कतारलाई जानकारी गराउँन इमेल पठाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । भएकोमा खुसी व्यक्त गर्दै आफुहरुले पनि यसको प्रचारप्रसारमा तत्कालै पहल गर्ने बताउनु भयाे।

मकवानपुरका राष्ट्रिय फुटबल खेलाडी रन्जन विष्टले पनि नारायणी कलेजको सहयोगमा सुरु गरिएको यस अभियानले विश्वसामु नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताउँनुभयो । उहाँले सबै राष्ट्र नभए पनि विश्वका चर्चित फुटबलर खेलाडीहरु नेपालमा ल्याउन सके विश्वसामु नेपालको छुट्टै पहिचान बन्न सक्ने बताउनुभयो ।

पार्कमा चर्चित खेलाडी क्रिस्ट्यानो रोनाल्डो, मेस्सी र नेमायर लगायतको स्ट्याचु बनाइएको छ । उक्त पार्कमा फोटो खिच्ने, टिकटक बनाउने फुटबल पारखीहरुको भीड लागेको छ । मंसिर ५ गते निर्माण गरिएको उ विश्वकप सञ्चालन भर सञ्चालन गरिने जनाइएको छ । पर्यटकीय क्षेत्र सहिद स्मारकमा अन्य स्थान अवलोकन गर्नेहरु पार्कको पनि अवलोकन गरि सयौं संख्यामा युवायुवतीहरु आउने गरेको फाउन्डेसनका अध्यक्ष किसन बास्तोलाले बताउँनुभयो । मकवानपुरमा मात्रै नभई नेपालमै पहिलो पटक खेलाडीहरुलाई भ्रमण निम्तो सहित अभियान संचालन गरिएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?