गुल्मी । गुल्मीको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर-१ (ख) मा नेपाली काँग्रेसका महासमिति सदस्य धनेन्द्र कार्की विजयी हुनुभएको छ ।
सत्ता गठबन्धनको साझा उम्मेदवार बन्नुभएका कार्की नेकपा (एमाले) का फर्सुराम पाण्डेलाई ६०५ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।
उहाँले १८ हजार ५९६ मत र पाण्डेले १७ हजार ९९१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।






