मुम्बई । ‘मोस्ट पपुलर फिमेल स्टार’को उपाधि दक्षिण भारतीय चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले चुम्नुभएको छ । हालै ओरम्याक्स स्टार इण्डिया लभले सबैभन्दा लोकप्रिय महिला स्टारहरूको सूची जारी गरेको थियो । जसमा १० अभिनेत्रीहरूको नाम समावेश गरिएको थियो । यो सूचीमा सामन्था शीर्ष स्थानमा हुनुहुन्छ । योसँगै उहाँले आलिया भट्ट र दीपिका पादुकोणलाई पनि पछाडि छोडनुभएको छ ।
ओरम्याक्स स्टार इन्डिया लभले जारी गरेको सबैभन्दा लोकप्रिय महिला स्टारहरूको सूचीमा दोस्रोमा आलिया भट्ट, तेस्रोमा नयनतारा, चौथोमा काजल अग्रवाल, पाँचौंमा दीपिका पादुकोण, छैटौंमा रश्मिका मण्डन्ना, सातौंमा क्याट्रिना कैफ, आठौंमा अनुष्का शेट्टी, नवौंमा कृति सुरेश र दशौंमा तृषा कृष्णन रहनुभएको छ ।
सामन्था पछिल्लो समय चलचित्र ‘यशोदा’ मा देखिनुभएको थियो । यो चलचित्रलाई दर्शकले निकै रुचाएका थिए । यसबाहेक उहाँ पुष्पाको आइटम गीत ‘ओ अन्तावा’मा देखिनुभएको थियो । जसबाट उहाँको लोकप्रियता निकै बढेको थियो । एजेन्सी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts