जाजरकोट । जाजरकोटबाट नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत विजयी हुनुभएको छ ।
बस्नेत नेकपा एमालेका निरज आचार्यसँग ९ हजार ३१ मतान्तरले विजयी हुनुभएको हो। उहाँले ३४ हजार १५१ मत प्राप्त गनुृभयो ।
उहाँका प्रतिस्पर्धी नेकपा एमालेका निरज आचार्यले २५ हजार १२० मत पाउनुभयो ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि जाजरकोटबाट माओवादी केन्द्रका बस्नेत निर्वाचित हुनुभएको थियो ।






