गुल्मी-१ को मतगणना बिहान ११ बजेदेखि हुने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

बुटवल । गुल्मी क्षेत्र नम्बर १ को मतगणना आज बिहान ११ बजेदेखि हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बिहान बसेको सर्वदलीय बैठकमा मतगणना सुरु गर्ने सहमति भएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिनुभयाे ।

ADVERTISEMENT

गुल्मी १ अन्तर्गत कालिगण्डकि गाउँपालिका-२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको क र ख केन्द्रमा स्थगित भएको मतदान मंगलबार सम्पन्न भएपछि मतगणना सुरु गर्न लागिएको हो ।

मंसिर ४ गतेको निर्वाचनमा निर्वाचन अधिकृतले प्रतिनिधिसभाको प्रत्यक्षको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्षको मतपत्र दिएपछि मतदान स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *