सप्तरी २ मा मतपेटिकाको सिल नम्बर नमिलेपछि मतगणना प्रभावित

Read Time = 2 mins

राजविराज । सप्तरी क्षेत्र नम्बर २ मा मत नम्बर फरक रहेको आशंका भएपछि मतगणना कार्य रोकिएको छ ।
मंगलबार साँझ सवा ९ बजेतिर मत पेटिकाको सिल नम्बर फरक देखिएको दलका प्रतिनिधिहरुको आरोप छ ।

मतपेटिकाको सिल नम्बर मिलाउन पटक पटक आग्रह गर्दा पनि नम्बर मिलाउन नमानेको जनता समाजवादी पार्टीका दिनेश यादवले बताउनु भयो ।
सिल नम्बर मिलाउन नमानेपछि नेकपा माओवादी केन्द्र , लोकतान्त्रिक समाजवादी पार्टी सहितका दल आवद्ध नेता कार्यकर्ताले अहिले मतगणनास्थल अगाडि प्रदर्शन गरिरहेका छन् ।

नम्बर मिलाएपछि मात्रै गणना सुरु गर्न उनीहरूको माग छ । उता प्रजिअ भुपेन्द्र थापाले तत्काललाई मतगणना कार्य रोकेर बुझ्ने कार्य भईरहेको बताउनु भयो ।

ADVERTISEMENT

राजविराज । सप्तरी क्षेत्र नम्बर २ को मत पेटिकाको सिल नम्बर फरक रहेको आशंका भएपछि मतगणना कार्य रोकिएको छ ।
मंगलबार साँझ सवा ९ बजेतिर मत पेटिकाको सिल नम्बर फरक देखिएको दलका प्रतिनिधिहरुको आरोप छ ।

मतपेटिकाको सिल नम्बर मिलाउन पटक पटक आग्रह गर्दा पनि नम्बर मिलाउन नमानेको जनता समाजवादी पार्टीका दिनेश यादवले बताउनु भयो ।
सिल नम्बर मिलाउन नमानेपछि नेकपा माओवादी केन्द्र , लोकतान्त्रिक समाजवादी पार्टी सहितका दल आवद्ध नेता कार्यकर्ताले अहिले मतगणनास्थल अगाडि प्रदर्शन गरिरहेका छन् ।

नम्बर मिलाएपछि मात्रै गणना सुरु गर्न उनीहरूको माग छ । उता प्रजिअ भुपेन्द्र थापाले तत्काललाई मतगणना कार्य रोकेर बुझ्ने कार्य भईरहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *