काठमाडौं । इलाम–२मा आज बिहान ११ बजेदेखि मतगणना सुरु गरिने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकारी केशव घिमिरेले जानकारी दिनुभएको छ ।
मतगणना फाकफोकथुम गाँउपालिकाबाट शूरु गर्ने समेत निर्णय भएको छ । सर्वदलीय बैठकमा सबै राजनीतिक दलका उम्मेदवारसहित सरोकारवालाहरू पनि उपस्थित थिए ।
मतगणना इलाम नगरपालिकास्थित सिटी हलको (गौतम बुद्ध सभागृह)मा हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मतगणनाका लागि शनिबारै सभागृहको हलमा ११ वटा सीसी क्यामेरा जडान गरिएको छ।सिटीहलको एउटा कोठामा तारजाली लगाएर गणक मात्र भित्र बस्न मिल्ने र प्रतिनिधि बाहिरै बस्ने गरी गणनास्थल तयार गरिएको छ ।
इलाममा हिजो भएको निर्वाचनमा १ लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ जनाले मतदान गरेका छन् । यो समग्रमा ६० प्रतिशत हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts