द भोइस अमेरिकाको शीर्ष १३ लाइभ शोमा परिजितको प्रस्तुतिमा तारिफ

Read Time = 2 mins

काठमाडौं । द भोइस अमेरिकाको शीर्ष १३ लाइभ शोमा नेपाली मूलकी परिजिता बाँस्तोलाले बेजोड प्रस्तुतिका कारण तारिफ बटुल्नु भएको छ । दिँदा कालो सारी र ब्लाउजमा आफ्नो प्रस्तुति दिन आउनुभएकी उहाँले उक्त शोमा एडेलको ‘अल आई आस्क’ बोलको गीत गाउनु भएको थियो ।

कोच जोन लिजेन्डले उहाँको पहिरनको विशेष तारिफ पनि गर्नुभएको थियो । ‘तपाईंले जहाँको प्रतिनिधित्व गर्नुहुन्छ, त्यसलाई तपाईंले निकै राम्रोसँग प्रस्तुत गरिरहनु भएको छ । तपाईंको स्वर निकै फरक छ, हरेक गीत सजिलै गाउन सक्नुहुन्छ’, जोनले भन्नुभयो ।

ADVERTISEMENT

लाइभ शो राउण्डबाट दर्शकले प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन् । परिजिताले ‘द भोइस’ मा आफ्नो प्रस्तुति दिन पाउँदा आफू निकै खुशी भएको र आफूलाई यो यात्रामा माया र समर्थन गर्ने सबैलाई धन्यवाद पनि दिनुभएको छ ।

यसका साथै उहाँले भोटको लागि अपिलसमेत गर्नुभएको छ । उहाँको गायन शैलीलाई भोइसका चारैजना कोचले तारिफ गर्ने गरेका छन् । परिजिताले सुरुदेखि नै नेपाली पोशाकमा आफ्नो प्रस्तुति दिँदै आउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *