नेपाल आउँदै आदित्य

Read Time = 1 min

काठमाडौं । गायक आदित्य नारायण झा नेपाल आउनुहुने भएको छ । काठमाडौंको ठमेलस्थित क्लब फ्यारेनहाइटले मंसिर १० गते शनिबार अर्थात् नोभेम्बर २६ को लागि आयोजना गरेको कन्सर्टका लागि गायक झा नेपाल आउन लाग्नुभएको हो । गायक झा शुक्रबार नेपाल आउने कन्सर्टका आयोजक तथा क्लबका प्रबन्ध निर्देशक मिलन श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार गायक झाले कन्सर्टमा भारतीय गीतसँगै नेपाली गीतहरू पनि प्रस्तुत गर्नुहुने छ ।

ADVERTISEMENT

क्लब फ्यारेनहाइटमा गायक झाको कन्सर्ट हेर्नका लागि सोही दिन क्लब फ्यारेनहाइटबाट टिकट लिन सकिने श्रेष्ठले बताउनुभयो । गायक झाले कन्सर्टका साथै आफ्नो नेपाल बसाइमा पशुपतिनाथको दर्शन गर्ने योजनासमेत बनाउनुभएको छ । आदित्य विशिष्ट गायक उदित नारायण झाका छोरा हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *