महोत्तरी । मतगणना भएका महोत्तरीमा क्षेत्रहरूमा रोचक प्रतिस्पर्धा देखिएको छ ।
महोत्तरी क्षेत्र नम्बर १ मा माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेलको चर्चा चलिरहेको बेला उहाँलाई एमालेका लक्ष्मी महतोले पछि पार्नुभएको छ ।
अहिलेसम्मको मतगणनाअनुसार महतोले २८३० मत पाउनु भएको छ भने पोखरेलले २१७१ मत ल्याएर पछ्याइरहनुभएको छ । गौशालाको नगरपालिकाको वडा न १ र २ को मतगणना सकिँदा पोखरेल ६४९ मतान्तरले पछाडि पर्नुभएको छ ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई पनि क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार रामआधार कापरले पछि पार्नुभएको छ। क्षेत्र नम्बर ३ बाट चुनावी प्रतिस्पर्धामा रहनुभएका उहाँ भन्दा कापर १००८ ले अघि हुनुहुन्छ ।
क्षेत्र न ४ मा भने मतगणना सुरु भएको छ । औरहीबाट मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts