बैतडीको पहिलो जित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

बैतडी । यू-१९ सुदूरपश्चिम प्रदेश क्रिकेट छनोट प्रतियोगितामा बैतडीले दार्चुलालाई ५६ रनले पराजित गरेको छ । महेन्द्रनगरस्थित कभर्डहलमा भएको खेलमा बैतडीले टस जितेर ब्याटिङ रोजेको थियो । बैतडीले निर्धारित ४० ओभरमा सम्पूर्ण विकेटको क्षतिमा १६८ रन बनाउन सफल भयो । बैतडीका लागि दीपक बोहराले ४५ बलमा सर्वाधिक ९० रन बनाउन सफल हुनुभयो भने सुदीप कार्की ५९ बलमा ३३ रन तथा प्रदीप चन्दले ११ बलमा १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङमा दार्चुलाका विपिन धामी आठ ओभरमा ३२ रन खर्चिँदै सर्वाधिक पाँच विकेट लिन सफल हुनुभयो । वीरेन वमले आठ ओभरमा ५९ रन खर्चिंदा सागर वमले पनि २.१ ओभरमा १७ रन खर्चिँदै समान दुई-दुई विकेट लिन सफल हुनुभयो । १६९ रनको विजयी लक्ष्य पछ्याउँदै मैदानमा उत्रेको दार्चुलाले निर्धारित ४० ओभरको खेलमा ३० ओभरमा सम्पूर्ण विकेटको क्षतिमा मात्र ११२ रन बनाउन सक्यो । दार्चुलाका लागि निरज पार्कीले ३४ बल खेल्दा राजेन्द्र साउदले पनि ५३ बल खेल्दै समान सर्वाधिक १८-१८ रन बनाउनुभयो । विपिन धामी २२ बलमा १६ रन तथा सुमन महराले १६ बलमा १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

ADVERTISEMENT

बैतडीका लागि सन्तोष बिजालेले ६ ओभरमा २१ रन खर्चिंदै सर्वाधिक पाँच विकेट लिन सफल हुनुभयो भने आकाश चन्दले पाँच ओभरमा १७ रन खर्चिंदै दुई विकेट लिन सफल हुनुभयो । यू-१९ प्रादेशिक छनोट एक दिवसीय क्रिकेट प्रतियोगिताको उक्त खेलमा म्यान अफ दी म्याच बैतडीका दीपक बोहरा घोषित भएको जिल्ला क्रिकेट संघ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?