मुम्बई । भारतीय चलचित्र निर्देशक राकेश कुमारको ८१ वर्षको उमेरमा निधन भएको छ । उहाँको क्यान्सरको कारण निधन भएको हो । उहाँको सम्झनामा परिवारले आइतबार अर्थात नोभेम्बर १३ मा मुम्बईको अंधेरीमा प्रार्थना सभा आयोजना गरेको छ ।
राकेश निर्देशक हुनुका साथै लेखक र निर्माता पनि हुनुहुन्थ्यो । उहाँले आफ्नो करियरमा ‘खून पसीना’, ‘दो और दो पाँच’, ‘याराना’, ‘जनी आई लभ यू’, ‘दिल तुझको दिया’, ‘कौन जीता कौन हरा’, ‘कमाण्डर’ जस्ता धेरै हिट चलचित्र दिनुभएको थियो ।
यससँगै उहाँले केही चलचित्रमा पनि अभिनय गर्नुभएको थियो । राकेशको अन्तिम चलचित्र सलमान खान अभिनित ‘सूर्यवंशी’ थियो, जुन सन् १९९२ मा रिलिज भएको थियो । राकेशको श्रीमती, छोरा र छोरी हुनुहुन्छ । एजेन्सी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts