सिद्धार्थ बैंकलाई फुटसलको उपाधि

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । सिद्धार्थ बैकले दोस्रो संस्करणको कामना सेवा फुटसल कपको उपाधि जितेको छ । हाँडीगाउँस्थित धन्वन्तरी फुटसलमा भएको फाइनलमा प्रभु बैंकलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले हराउँदै सिद्धार्थ च्याम्पियन बनेको हो ।

रोमाञ्चक बनेको फाइनलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा सिद्धार्थका शान्तिराम कार्की, सञ्जीव श्रेष्ठ र राजु श्रेष्ठले गोल गर्नुभयो । प्रभुका केशव योगी र विकास तामाङले गोल गर्दा अमनराज बज्राचार्य गोल गर्न असफल हुनुभयो ।

उपाधिसँगै सिद्धार्थले ट्रफी, मेडल, प्रमाणपत्र तथा केटिएम सिटीबाट ४५ हजार बराबरको गिफ्ट भौचर प्राप्त गरेको छ । यस्तै, जेन्स पार्कका तर्फबाट नौजना खेलाडीलाई १५ सय बराबरको गिफ्ट भौचर प्रदान गरिएको छ । उपविजेता टिमका खेलाडीले जेन्स पार्कका तर्फबाट आठ सय बराबरको गिफ्ट भौचर प्राप्त गरेका छन् ।

ADVERTISEMENT

त्यस्तै, प्रतियोगितामा सहभागिता जनाउने सम्पूर्ण टिमका खेलाडीले मेरिना इम्पेक्स एण्ड टेलरिङ सेन्टरबाट २५ प्रतिशत छुट पाउनेछन् । प्रतियोगितामा सिद्धार्थका शान्तिराम कार्की उत्कृष्ट खेलाडी चुनिनुभयो । उत्कृष्ट गोलकिपर प्रभुका इराज डंगोल र सर्वाधिक गोलकर्ता ज्योति विकास बैंकका सुरज महर्जन चुनिनुभयो । उहाँहरूले ट्रफी प्राप्त गर्नुभयो ।

दुई टिम सहभागी महिलाको उपाधि कामना सेवा विकास बैंकले जितेको छ । फाइनलमा कामनाले माछापुच्छ«े बैंकलाई २–१ ले हरायो । महिलाको उपाधिसँगै कामनाले ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताका विजेता खेलाडीलाई कामना सेवा विकास बैंकका डिसिइओ विनय दाहाल, मेरिना इम्पेक्सका चेयरम्यान पवन खड्का, एक्सटेपका चेयरम्यान गणेश श्रेष्ठ, जेन्स पार्कका चेयरम्यान राहुल छाछन, इनास इन्टरप्राइजेजका राजु बास्तोला, नेपाल डिस्टिलरीका सेल्स अफिसर अमित नगरकोटी र नेचुरल फ्रुट्सका एमडी पुनम अधिकारीलगायतले पुरस्कृत गर्नुभयो ।

कामना सेवा विकास बैंकको आयोजना र खेलपाटी डटकमको व्यवस्थापनमा आयोजना भएको प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाका २४ पुरुष र दुई महिला टोलीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *