काठमाडौं । गायक शिव परियारको स्वरमा रहेको गीत ‘छैन है गुनासो’ सार्वजनिक भएको छ । प्रेम, रोमान्स र विरहलाई मुख्य विषय बनाइएको ‘छैन है गुनासो’ गीतमा अञ्जना राउत, विक्रम बुढाथोकी र तेज बोगटीको अभिनय छ ।
डीपी खनालका शब्द-सिर्जना रहेको गीतमा नवीन कार्कीको संगीत छ । महेश महराको छायांकन रहेको गीतको भिडियोमा लक्ष्मण चौहानको सम्पादन छ । भिडियोको कथा र निर्देशन विक्रम चौहानको छ । सार्वजनिक गीतका निर्माता गायक सुवास पुरी हुनुहुन्छ । गायक पुरीको ‘कुरा काट्ने मान्छेले काटून्’ बोलको गीतले चर्चा बटुलेको थियो ।






