काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली शुक्रबार राति ठमेलस्थित एलओडी नाइट क्लब पुग्नुभयो । ओली ठमेलस्थित एलओडीमा मध्यरातमा पुग्दा क्लबका सयौँ युवाले ‘केपी बा’ नारा लगाएका थिए ।
ओलीले त्यहाँ पुगेर र्याप गीत गाउनुभएको थियो । शहर-शहरमा ओली र्याप क्लबमा घन्कियो । जसमा एमालेको तत्कालीन सरकारको पालामा भएका विकास समेटिएको छ ।
जसमा नागरिकता विधेयकमा ओलीको अडान, अतिक्रमित भू-भाग नक्सामा समेटिएको तथा विकासका योजना र परिकल्पना समेटिएको छ । ओली आफैंले पनि उक्त र्याप गाएर रमाइलो गर्नुभएको थियो । ओली आफैंले आफ्नो फेसबुक पेजमा आफू एलओडी पुगेको उल्लेख गर्दै तस्वीरहरू सार्वजनिक गर्नुभएको हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts