काठमाडौं । शान्तिको सन्देश साहित्यिक मासिक कार्यक्रमअन्तर्गत शनिबार काठमाडौं महाकाल ओरालोको आफ्नो भवनमा संस्थाद्वारा आयोजित कार्यक्रममा साहित्यकारहरूका रचना वाचन तथा श्रवण गरियो ।
उक्त समितिका अध्यक्ष शोभा उप्रेती खरेलको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अच्युतप्रसाद पौडेल ‘चिन्तन’ रहनुभएको थियो भने विशिष्ट अतिथिमा साहित्यकार मधुसूदन पाण्डेय रहनुभएको थियो । भरत कार्कीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा साहित्यकार रमेश तुफन अतिथि रहनुभएको थियो ।
कार्यक्रममा विनोद दाहाल वत्स, त्रिलोचन आचार्य, दुर्गा अधिकारी भमरकोटे, ओमप्रसाद कोइराला, डा.बुद्धिप्रसाद पौडेल, रामचन्द्र दाहाल, तुलसीराम पुडासैनी, राजनकुमार पोखरेल, अमृतप्रसाद पौडेललगायत साहित्यकारले अ-आफ्ना रचना वाचन गर्नुभएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा