अमेरिकी गायक कार्टरको निधन

Read Time = 1 min

मस्को । अमेरिकी गायक तथा र्‍यापर आरोन कार्टरको ३४ वर्षको उमेरमा निधन भएको छ । उनी ब्याकस्ट्रिट बोय निक कार्टरको कान्छो भाइ थिए । वेबसाइट टीएमजेडका अनुसार कार्टर शनिबार बिहान क्यालिफोर्नियाको ल्यान्कास्टरमा आफ्नै घरमा नुहाउँदा मृत फेला परेका थिए । उनको टोलीका प्रतिनिधिहरूले उनको मृत्युको पुष्टि गरे ।

ADVERTISEMENT

“अहिले यो साँच्चै खराब समय हो, हामी के भयो र यसको कारण के थियो भनेर पत्ता लगाउन कोशिस गर्दैछौं,“ उनीहरूले भने, “हामी सबैजस्तै निराश छौं र आशा छ कि प्रशंसकहरूले उनको परिवारलाई विचार र प्रार्थना दिन सक्छन् ।“ उनको मृत्युबारे थप अनुसन्धान भैरहेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *