मिसेस् नेपाल युनिभर्सको खोजी सुरु

Read Time = 2 mins

काठमाडौं । ‘मिसेस् नेपाल युनिभर्स २०७९’ को खोजी सुरु भएको छ । आयोजक जिभा इन्कोरपरेटेडले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुला भएको जनाएको हो । समाजको हरेक क्षेत्रमा महिलाको प्रभावकारिता, जिम्मेवारी बहनमा निखारता र सक्रिय सहभागितालाई अभिप्रेरित गर्ने हेतुले मिसेस् नेपाल युनिभर्स प्रतियोगिता आयोजना थालिएको आयोजकले जनाएको छ ।

युहान इन्टरनेसनल इभेन्टस्को सहकार्यमा जिभा इन्कोरपरेटेडको मुख्य आयोजना रहेको प्रतियोगिताको मञ्चबाट प्रतियोगीलाई अन्तर्राष्ट्रिय मञ्चसम्मको यात्रालाई सुनिश्चिता प्रदान गर्ने जनाइएको छ । प्रतियोगितामा सहभागीका लागि आवेदन दिनेका लागि नोभेम्बर १२ अर्थात् कात्तिक २६ गते अडिसन प्रक्रिया सञ्चालन गरिने बताइएको छ । प्रतियोगिताको लागि विवाहित, डिभोर्सी एवं विवाहित भएर पनि एकल जीवन अगाडि बढाइरहेका महिलाले सहभागिता जनाउन सक्नेछन् ।

ADVERTISEMENT

प्रतियोगिताको शीर्ष विजेताले अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिसेस् युनिभर्स’ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न पाउनेछन् । प्रतियोगिताका उपविजेताहरूले समेत मिसेस्सँग सम्बन्धित अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ । प्रतियोगिताको परिकल्पना तथा निर्देशन सानु खान हुनुहुन्छ भने कोरियोग्राफी रोजिन शाक्यको रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *