जनकपुरधाम । सीमा प्रहरी चौकी धनुषाका प्रहरी नायब निरीक्षक देवकीलाल चौधरी पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले चौधरीलाई चार हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
नगराइन नगरपालिका-२ जटहीस्थित पसलका सञ्चालकसँग महिनावारी रकम दिनुपर्ने भनी दबाब दिएको उजुरी अख्तियारमा परेको थियो । त्यही उजुरीका सिलसिलामा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता