धौलागिरि हिमाल पोलिक्लिनिकका सञ्चालक पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं बसुन्धारास्थित धौलागिरि हिमाल पोलिक्लिनिकका सञ्चालक नारायणप्रसाद पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले उनीविरुद्ध विशेष अदालतमा बिहीबार मुद्दा दर्ता गरेको हो । सरकारी साक्षीका रूपमा विशेष अदालत काठमाडौंमा पेस गरिएका पौडेलले अदालतमा सरकारको प्रतिकूल हुने गरी साक्षी बकपत्र गरेपछि उनीविरुद्ध पनि मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

कोरोना भाइरस (कोभिड-१९) को परीक्षण नगरीकन नक्कली रिपोर्ट दिएको तथा त्रिवि शिक्षण अस्पतालको लोगो तथा सम्बन्धित व्यक्तिको हस्ताक्षर अनधिकृत रूपमा प्रयोग गरी सरकारी कागजातको दुरुपयोग गरेको अभियोगमा विनोदकुमार यादवविरुद्ध दर्ता गरिएको मुद्दामा पौडेललाई सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएको थियो ।

ADVERTISEMENT

उक्त मुद्दाको बकपत्रका क्रममा पौडेलले अदालतसमक्ष प्रतिकूल बकपत्र गरेको सम्बन्धमा अनुसन्धान हुँदा विशेष अदालत, काठमाडौंमा दर्ता भएको प्रतिवादी विनोदकुमार यादव भएको भ्रष्टाचार (गलत प्रतिवेदन) मुद्दामा मतियार भई काम गरेको पाइएपछि उनीविरुद्ध पनि मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

पौडेलले विशेष अदालत, काठमाडौंमा उपस्थित भई बकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा गरिएको बयानको ब्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएको अख्तियारको दाबी छ । अख्तियारले मुख्य कसुरदार विनोदकुमार यादवलाई हुने सजायको आधा सजाय हुने मागदाबी लिई मुद्दा दर्ता गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज