२४ दिनदेखि बेपत्ता हेमराज अझै बेखबर : भेटाएर खबर गरे १० लाख पुरस्कार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

-ध्रुवसागर शर्मा

म्याग्दी । विगत २४ दिनदेखि बेपत्ता म्याग्दीका एक पुरुषअझै फेला पर्नुभएकाे छैन । म्याग्दीको बेनी नगरपालिका वडा नं ५ पुलाचौर स्थायी घर भई हाल काठमाण्डौ महानगरपालिका-१६ बनस्थली बस्ने ५० बर्षिय हेमराज शर्माको अहिलेसम्म अत्तोपत्तो छैन । गत असोज २६ गते आइतबारका दिन साँझ चार बजेदेखि बेपत्ता हुनुभएका शर्माको खोजी कार्यमा अहिलेसम्म कुनै पनि प्रगति नभएको वेपत्ता हुनुभएका शर्माका आफन्त बिबेक शर्माले बताउनुभयाे ।

सामाजिक एवम् राजनीतिक गतिविधिमा सक्रिय शर्मा एक्कासी सम्पर्क विहिन भएपछि परिवारका सदस्यले खोजीकार्यका लागि अपिल गरे पनि हालसम्म फेला नपरेपछि सूचना दिनेलाई परिवारले नगद १० लाख समेत पुरस्कार दिने समेत घोषणा गरेको छ ।

ADVERTISEMENT

घर परिवारमा पनि कुनै झै-झगडा मनमुटाव नभएपनि केहीआत्तिएको जस्तो भने देखेको परिवारका सदस्यको भनाई छ ।

परिवारका सदस्य, आफन्त, शुभचिन्तक र प्रहरीले काठमाण्डौ आसपासका क्षेत्रमा नियमित जाने स्थान तथा वन जंगल, खोलानाला र देशका विभिन्न स्थानमा समेत व्यापक रुपमा खोजी गरिसकेको तथा अहिलेसम्म कुनै सुराक फेला नपरेपछि परिवार चिन्तित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?