सिनेमाघरमा ‘नालापानी’ र ‘के घर के डेरा’

Read Time = 3 mins

काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि सिनेमाघरमा प्रदर्शनमा आएका चलचित्र हुन् ‘नालापानी’ र ‘के घर के डेरा’ । रिमेश अधिकारीद्वारा निर्देशित चलचित्र ‘नालापानी’ एक ऐतिहासिक युद्धमा आधारित छ । यसले नेपालको नालापानी युद्धको कथा भन्छ ।

चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, शहिना भट्टराई, गीत बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड), बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया लगायतका कलाकारको अभिनय छ ।

पानी मात्र पिएर आफ्नो देशको रक्षाको लागि युद्ध गरिरहेका नेपालीमाथि अंग्रजले त्यही पिउने पानीको मुहान नै बन्द गरिदिँदा को पीडालाई चलचित्रमार्फत देखाउन खोजिएको छ ।

ADVERTISEMENT

यस्तै आजबाट प्रदर्शनमा आएको अर्को चलचित्र हो, ‘के घर के डेरा’ । दीपेन्द्र के। खनालद्वारा निर्देशित चलचित्रमा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, बाल कलाकार आयुषा ढकाललगायतको अभिनय छ ।

काठमाडौंमा घर बनाउने चाहना र त्यसका लागि गर्ने संघर्ष यो चलचित्रको कथामा देखाइएको छ । यो चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेख्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *