मनी लान्ड्रिङ मुद्दामा ज्याकलिन फर्नान्डिजलाई राहत

Read Time = 2 mins

मुुम्बई । मनी लान्ड्रिङ मुद्दामा ज्याकलिन फर्नान्डिजलाई राहत मिलेको छ । उहाँलाई सुकेश चन्द्रशेखरसँग सम्बन्धित मनी लान्ड्रिङ मुद्दामा राहत मिलेको हो ।

अदालतले ज्याकलिन फर्नान्डेजलाई अन्तरिम जमानत दिएको छ । यसअघि ज्याकलिन फर्नान्डेज दुई सय करोडको मनी लान्ड्रिङ मुद्दामा सोमबार पटियाला अदालतमा हाजिर हुनुभएको थियो । सुकेश चन्द्रशेखरसँग सम्बन्धित दुई सय करोड ठगीको मामलामा दिल्ली प्रहरीको आर्थिक अपराध शाखाले ज्याकलिनसँग करिब आठ घण्टा सोधपुछ गरेको थियो । सोधपुछका क्रममा ज्याकलिनले केही प्रश्नको जवाफ दिन टालेको बताइएको छ । ज्याकलिनबाहेक दिल्ली प्रहरीको आर्थिक अपराध शाखालेले पिंकी इरानीलाई पनि बोलाएको थियो ।

ADVERTISEMENT

यस्तै यो मुद्दामा अर्की अभिनेत्री नोरा फतेहीसँग पनि प्रहरीले सोधपुछ गरेको छ । यो मुद्दा दुई सय करोड भारतीय रुपैयाँको ठगीको रहेको छ । चन्द्रशेखर हाल दिल्लीको तिहाड जेलमा हुनुहुन्छ । चन्द्रशेखरले ज्याकलिनलाई धेरै उपहार दिएको जसमा ५७ लाखको घोडा पनि दिएको आरोप पत्रमा उल्लेख छ । यसबाहेक ज्याकलिनले चन्द्रशेखरबाट पाएका उपहार र नगदको विवरण आरोप पत्रमा छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *