काठमाडौं । बुढानीलकण्ठ नगरपालिकास्थित कपन मिलनचोकमा साहित्यकार दुर्गा अधिकारी भमरकोटेको निवासमा ‘भमरकोटे पुस्तकालय’ को उद्घाटन भएको छ । साहित्यकार शैलेन्दुप्रकाश नेपाल प्रमुख अतिथि रहनुभएको कार्यक्रममा उहाँलगायत साहित्यकारबाट उक्त पुस्तकालयको उद्घाटन भएको हो ।
कार्यक्रममा घुम्ती कविगोष्ठीको ११८औं शृंखलाअन्तर्गत विभिन्न साहित्यकारले आ–आफ्ना रचनाहरू वाचन गर्नभयो । साहित्यकार दुर्गा अधिकारी भमरकोटेको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रमको सञ्चालन माधवलाल श्रेष्ठले गर्नुभएको थियो । बुनपा–१० का वडाअध्यक्ष नवराज भट्टराई तथा डा.भानुभक्त थपलियाले शुभकामना मन्तव्य दिनुभएको कार्यक्रममा वाचन गरिएका कविताहरूमाथि साहित्यकार तिलक लुइँटेलले टिप्पणी गर्नुभएको थियो ।
कमल कँडेल, विनोद चालिसे, निबन्ध आचार्यलगायतका साहित्यकारहरूको उपस्थिति रहेको कार्यक्रममा रचना वाचन गर्ने साहित्यकारहरूमा कमला खनाल, विनोद दाहाल वत्स, सुशीला ढकाल अधिकारी, बिमुन्स पौडेल, मिसन अधिकारी, नारायण नेपाल, बिसु केसी, ओमप्रसाद कोइराला, प्रहृलाद लामिछाने, सुचिता काफ्ले, केशव पाठक, खोलाघरे साइला (गंगाप्रसाद अधिकारी), कात्यायन (धन्वन्तरी मिश्र), पिँडालु पण्डित (वासुदेव गुरागाई), टंकप्रसाद खत्री बजगाईं, रुद्र अधिकारी, रामचन्द्र दाहाल तथा मञ्जुश्री गिरी (विराटनगरबाट) हुनुहुन्थ्यो ।
रचना वाचन गर्ने अन्य साहित्यकारहरूमा भोलाराज सुवेदी, किशोर श्रेष्ठ, साजन रेग्मी, परशुराम अधिकारी, कृष्ण केसी, धरणी गुरागाई, विकल त्यागी, प्रितम खनाल, प्राश्ना दाहाल, पुनम घिमिरे, शालिग्राम अधिकारी तथा रञ्जु खनाल हुनुहुन्थ्यो । रचना वाचन गर्ने अन्य साहित्यकारहरूमा कृष्णप्रसाद पौडेल, सुशील आचार्य, माधवलाल श्रेष्ठ, वासेदेव ठकुरी संगीता ढुंगाना दाहाल, दामोदर ढकाल दीपक रहनुभएको थियो । कार्यक्रमका अन्त्यमा घुम्ती कविगोष्ठीका सभापति रामकुमार पण्डित क्षेत्रीले आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच