‘मिसेस नेपाल कल्चर २०२२’ को उपाधि युमिनलाई

Read Time = 4 mins

काठमाडौं । ‘मिसेस नेपाल कल्चर २०२२’ को उपाधि युमिन खत्रीले जित्नुभएको छ । उहाँले ३७ प्रतियोगीलाई पछि पार्दै शीर्ष जित्न सफल हुनुभएको हो । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार अबेर साँझ सम्पन्न भएको प्रतियोगितामा शुभेक्षा ढकाल राणा फष्टरनरअप, ज्योति दीक्षित सेकेण्ड रनरअप, सुस्मिता भण्डारी अधिकारी थर्डरअनर अप र मञ्जु पाठक फोर्थ रनर अप हुनुभयो ।

युहान इन्टरनेसनल इभेन्ट्सले आयोजना गरेको प्रतियोगीतामा पब्लिक च्वाइस नीशा तिमल्सिना, पब्लिक च्वाइस रनरअप गीता भट्ट ओझा, भ्युअर्स च्वाइस मञ्जु पाठक, भ्युअर्स च्वाइस रनर अपनीशा आचार्य, मिसेु ट्यालेन्ट सुभेक्षा ढकाल राणा, म्यानेजमेन्ट च्वाइस नुरा ढुंगाना, मिसेन वेष्ट पर्सनालिटी मनिषा थापा, वेष्ट ड्रेस सुष्मिता भण्डारी, अधिकारी, वेष्ठ वाक सुजना शाही, मिसेस् फोटोजेनिक गंगा अधिकारी, वेष्ट स्माइल सुस्मिता भण्डारी अधिकारी, मिसेस् कञ्जिनालिटी जयन्ती यादव, मिसेस कन्फिडेण्ट अनिता तण्डुकार, मोष्ट इन्टेलिजेण्ट युमिन खत्री, मोष्ट एक्टिभ काजल लोहियाले जित्न सफल हुनुभयो ।

ADVERTISEMENT

प्रतीक्षा घिमिरे, निशा तिमल्सिना, जयश्वरी श्रेष्ठ, मनिषा पौडेल, प्रमिला खड्का, रमीता महर्जन, विद्या श्रेष्ठ, यशोधा जोशी, सुभेक्षा ढकाल राणा, सुजना शाही, अर्कना हुसेन, सारा राई, मञ्जु पाठक, अञ्जना पाण्डे, अञ्जना खालिङ राई, अनिता तण्डुकार, शोभा ढकाल, रचना भुजेल प्रधान, सपना खड्का, प्रतिज्ञा थापा, एलिना कार्की, मनिषा थापा, पायल अग्रवाल, सबी बज्राचार्य, कान्छी मैया खयामली, रेणु सिंह, जयन्ती यादव, नुरा ढुंगाना, प्रतिमा रौनियार, सुस्मिता भण्डारी अधिकारी, कमला भण्डारी, काजल लोहिया, निशा आचार्य, गंगा अधिकारी, नीशा भट्टराई, गीता भट्ट ओझा, ज्योति दिक्षित, युमिन खत्रीलाई प्रतियोगिताको आजीवन सद्भावना दूतसमेत प्रदान गरिएको प्रतियोगितामा प्रथम मिस नेपाल रुवि राणालाई सम्मानार्थ ‘मिसेस् नेपाल कल्चर’को उपाधि प्रदान गरिएको थियो ।

संगीता रौनियार, गजित विष्ट, नानी थापा, प्रशान्त ताम्राकार, लक्ष्मी भण्डारी निर्णायक रहेको प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?