‘मिलन’ को टिजर सार्वजनिक

Read Time = 3 mins

काठमाडौं । आगामी तिहारको अवसरमा कात्तिक १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मिलन’को टिजर सार्वजनिक गरिएको छ । टेक पौरखी राई निर्देशित एक मिनेट २८ सेकेण्ड लामो टिजरमा प्रेम र बिछोडलाई देखाइएको छ । बिहीबार दिउँसो ‘टाकुरा फिल्मस्’ युट्युबमा सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार अभिनेताद्वय कुशल शाह ठकुरी, सलोन बस्नेत र अभिनेत्री शिल्पा थापाबीचको प्रेम देखिन्छ । त्रिकोणात्मक प्रेम कथामा निर्माण भएको यस चलचित्रको उक्त टिजरमा कालिञ्चोकको लोभलाग्दो दृश्य देख्न सकिन्छ ।

चलचित्रको निर्माण टिमले यसअघि पोष्टर पनि सार्वजनिक गरिसकेको छ । योसँगै चलचित्रको प्रचारको कामलाई तीव्र पारिएको छ । अभिनेता कुशल र अभिनेत्री शिल्पाले यसै चलचित्रबाट डेब्यु गर्दै हुनुहुन्छ । चलचित्रको कथा पनि निर्देशक राईले नै लेख्नुभएको हो ।
चलचित्रमा कुशल, सलोन र शिल्पासँगै शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापामगरलगायत कलाकारको अभिनय छ ।

ADVERTISEMENT

चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी छ भने प्रताप दास, कौशल राज खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किरातीको स्वर छ । यस्तै संगीतकारको रूपमा राजु सेञ्चुरी हुनुहुन्छ । चलचित्रमा द्वन्द्व निर्देशन कुमार महर्जनको छ । चलचित्रमा व्याकग्राउण्डस्कोर शैलेश श्रेष्ठको छ भने एरेञ्जरको जिम्मा पुरुषोत्तम सुवेदी र कृष्ण केसीलाई रहेको छ । चलचित्रको पोष्टर डिजाइन टौवा क्रिएसनले गरेको छ भने मेकअप आर्टिष्टमा डिके हमाल र गीताञ्जलि योगी हुनुहुन्छ ।

काठमाडौं र कालिञ्चोकमा छायांकन गरिएको यो चलचित्रको निर्माता प्रवीन थापा हुनुहुन्छ । राहुल राईको छायांकन रहेको चलचित्रमा तारा किम्बे थापाको सम्पादन छ । चलचित्रमा भिएफएक्स टंकबहादुर राईकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *