काठमाडौं । दशरथ रंगशालामा सांगीतिक महोत्सव हुनेभएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराइएको हो । दशैँको अवसरमा आगामी असोज १५ गते रंगशालामा सांगीतिक महोत्सवको आयोजना हुनेछ ।
उक्त कन्सर्टमा दि एज ब्याण्ड, नितेशजङ कुँवर, वर्तिका एम राई, आशिष राना, स्वप्न सुमन, भेक, यावेश, त्रिशाला गुरुङ, सुवानी मोक्तान, दि एलिमेन्ट्स ब्याण्डलगायत कलाकारको प्रस्तुति रहने जनाइएको छ ।
सांगीतिक महोत्सवको पार्टी नेपाल, आर्बिट्ररी ग्रुप, केटिएम लाइभ तथा अपट्रेण्डली मिडियाको संयुक्त आयोजनामा हुन लागेको हो । कन्सर्टमा २० हजारभन्दा बढी दर्शक उपस्थित हने आयोजकले अपेक्षा राखेको छ ।






