काठमाडौंका मेयरलाई असफल नबनाउन कमल थापाको आग्रह

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । रष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले फोहोर व्यवस्थापनलाई लिएर काठमाडौँ महानगरका मेयर बालेनलाई असफल बनाउने काम गर्न नहुने बताउनुभएकाे छ।

सोमवार देखी जारी केन्द्रिय कार्य समितिको दोस्रो बैठकमा प्रवेश गर्नु अघि अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत काठमाडौंका मेयर शाहलाई असफल नबनाउन आग्रह गर्नुभएकाे हाे । उहाँले मेयर शाहले पनि एक बर्ष भित्र फोहोर ब्यवस्थापनका लागि दिर्घकालिन योजना बनाउनु पर्नेमा जोड दिनुभएकाे छ ।

ADVERTISEMENT

‘काठमाडौंका मेयर केही गरौँ भन्ने सोचभएका व्यक्ति हुनुहुन्छ । फोहोरमैला व्यवस्थापन उहाँको ठूलो चुनौती हो । त्यसवारे उहाँले एक वर्षभित्र दीर्घकालीन समाधान खोज्नुपर्छ’ थापाले लेख्नुभएकाे छ, ‘त्यतिञ्जेल विगतमा झैँ सबैले हरसम्भव सहयोग गर्नुपर्छ । फोहरमा राजनीति गर्ने र बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?