
काठमाडौं । माघ १६ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘एक्टरः टेक वन’को गीत ‘के भरोसा गरम’ सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा प्रदीप खड्कालाई दुई नायिकाहरू आना शर्मा र दिव्या रायमाझीसँग प्रेममा रहेको देखाइएको छ । यस गीतमा त्रिकोणात्मक प्रेमकथा दर्साइएको छ ।
हर्कुलस बस्नेत र इन्दिरा जोशीको स्वर रहेको गीतमा उर्मिला गुरुङको शब्द र हर्कुलस बस्नेतको संगीत छ । किरण थापाको कोरियोग्राफी गरेका गीतको भिडियोमा कलर ग्रेडिङ राजेन्द्र मोक्तानको छ । राजन भुसालले निर्देशन गरेको यो चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालको सहकार्यमा तयार गरिएको छ । चलचित्रमा प्रदीप, आना, दिव्याका साथै राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सिर्जना अधिकारी र सुशील सिटौलाल लायतका कलाकारको अभिनय रहेको छ ।
‘एक्टरस् टेक वन’ अधृत फिल्मस् र अ मोती फिल्मको संयुक्त प्रस्तुति हो । यसका निर्माता थमनकुमार भण्डारी, क्रियटिभ निर्माता मोती कार्की, र सहनिर्माता अनीश भुसाल रहनुभएको छ । नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन छ । चलचित्रमा हर्कुलससहित रोहित शाक्य र एलिस कार्कीले संगीत दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच