
सर्लाही । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्यमा सरकार गठन गरिएको बताउनु भएको छ।
सर्लाहीको हरिपुर बजारमा नवनिर्मित बहुउद्देश्यीय व्यावसायिक भवनको उद्घाटन कार्यक्रममा उहाँले चाँडो-चाँडो सरकार फेरिने क्रम रोक्न वर्तमान गठबन्धनले सहकार्य गरेको स्पष्ट पार्नुभयो । मन्त्री सिंहले विकासका कामलाई दीर्घकालीन रूपमा अघि बढाउने सरकारको मुख्य उद्देश्य रहेको पनि बताउनु भयो ।
उहाँले अघिल्लो सरकारले बनाएको बजेट कार्यान्वयनकै चरणमा रहेकाले हाल स्थानीय तहबाट आएका सबै माग तत्काल सम्बोधन गर्न नसकिएको उल्लेख गर्दै आगामी बजेटमा ती मागलाई प्राथमिकतामा राखिने जानकारी दिनुभयो ।
हरिपुर नगरपालिकाको वडा नं। २ मा निर्माण भएको तीनतले व्यावसायिक भवनको ब्यानर अनावरण गर्दै मन्त्री सिंहले उक्त भवन स्थानीय व्यापारीलाई भाडामा उपलब्ध गराइने बताउनु भयो। भवन निर्माणका लागि १३ करोड ३८ लाख रुपैयाँ खर्च गरिएको थियो।
हरिपुर नगरपालिकाका प्रमुख गोपाल पन्जियारले हरिपुर १ र हरिपुर २ जोड्ने लखन्देही खोलामा पुल निर्माणका लागि बजेट सुनिश्चित गर्न आग्रहसहितको पत्र मन्त्री सिंहलाई हस्तान्तरण गर्नुभयो।
मन्त्री सिंहले कांग्रेस क्षेत्र नं। ३ ले जानकीनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा पनि सम्बोधन गर्दै आगामी दिनमा सरकारको प्राथमिकता विकास निर्माण र स्थिरतामाथि केन्द्रित हुने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच