काठमाडौं । साइबर अपराधको कसूरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।
कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको भन्दै अपुष्ट कागजात सार्वजनिक गरेपछि मंसिर ४ गते उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
तर प्रसाईमाथि आपराधिक लाभ र संगठित अपराधको कसूरमा अनुसन्धान जारी रहेकाले उनी रिहा नहुने भएका छन्।
जिल्ला अदालत काठमाडौंमा बुधबार प्रसाईंविरुद्ध मुद्दा दायर भएको थियो।
भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपालका व्यवसायीलाई धम्की दिएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts