काठमाडौं । नेपाल आइडलका विजेता गायक करण परियार र प्रतिमा केसीको स्वरमा रहेको गीत ‘धड्कन’ सार्वजनिक भएको छ । भीमप्रसाद पौडेलको शब्द, भद्र ओलीको संगीत र कुमार सानु पुनको मिक्सिङ एवं मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा साहित सिंह ठकुरी र लक्ष्मी सुनुवारको अभिनय छ । वीरेन्द्र परियार र टिमको छायांकन एवं ड्रोन रहेको गीतको भिडियोमा लक्ष्मण चौहनको सम्पादन छ । गीत सुनगाभा प्रोडक्सन युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता