स्रष्टत्वलाई सही रूपमा माझ्न समयावकाशको चौडा आयाम अनिवार्य आवश्यक हुन्छ स्थापित निरन्तरताका हिसाबले । यस सन्दर्भमा टियस इलियडलाई सम्झन पुग्छु म । उनी भन्छन् ‘आफूअघिका अर्थात जानेबुझे जति विश्व भाषाले दिएका पूर्वज-पुर्खाका सिर्जनाको सम्पूर्ण अध्ययन गम्भीर रूपले हुनु अनिवार्य हुन्छ । समकालीन स्रष्टत्वका अन्तर मर्मको पहिचान अपरिहार्य छ । आउँदै गरेका पुस्ता जो वर्तमान पुस्ताका प्रचारक एवं संवाहक पनि हुन् तिनले लेखेका राम्रा÷नराम्रा, श्लील÷अश्लील जे जस्ता छन् जम्मैको अध्ययनात्मक खाका आफ्ना अन्तस्करणमा रहनु अपरिहार्य आवश्यकता हो ।’ एउटा स्रष्टाका लागि यी कार्य सम्पादन गर्न बहानारहित यस क्षेत्रकै समाधिविना सम्भव हुन्न नै ।
अकिञ्चन निजामती क्षेत्रको पेशागत कसरतबाट सचिवस्तर जसलाई नेपालको सन्दर्भमा दोस्रो माथिल्लो स्तर मानिन्छ त्यसमा पुगी अवकाश प्राप्त गोपी मैनाली आख्यानात्मक क्षेत्रका- निबन्ध, यात्रा संस्मरण, कथा, उपन्यास जस्ता लेखन विधाका अब्बल स्रष्टत्ववाहक व्यक्तित्व हुन् । यिनमा सङ्ख्यात्मक र गुणात्मक दुवै उचाइ चुम्न समय समाधि अनिवार्य छ, हुन्छ नै । ठिक उल्टो समय समाधि उनको ठट्टाको विषयअन्तर्गत पर्दछ । यो नेपाली आख्यान साहित्यका लागि दुर्भाग्यपूर्ण देखिन्छ ।
व्यक्तिगत तौरतरिकाले कुराकानीकै सिलसिलामा बुझ्दा पनि गोपी मैनालीभित्र कहीँ कतै कुटिलता र छलछाम नभएका व्यक्ति पाइन्छन् । हक्कीपन र उदारचेत साहित्यिक अझ आख्यान साहित्य लेखनको त धरोहर नै हो । यिनी हक्की छन्, निर्भीक छन् । अझ लालसपनको त पित्कोसम्म यिनमा कतै पाइन्न ।
अङ्ग्रेजी साहित्यिक अध्ययनको अनौठो गहिराइ छामेका गोपी मैनालीमा पारिवेशिक सङ्गतले नै नेपाली साहित्य माहोल आत्मस्थ छ । लेखनप्रतिको चासोभाव त्यति लामो समयसम्म विपरीत क्षेत्रमा कार्यरत रहेर पनि रहनु यसकै उपज हो । अन्यको भन्दा गम्भीर अलग धारबाट उचाइको विन्दु आरोहित हुने पहिलो निबन्ध सङ्ग्रह-‘घाउ आफैँलाई दुख्छ’ प्रकाशित रूपमा देखिनु होनहार व्यक्तित्वको सङ्केतक हो । चाहे जन्मस्थल वपिरिको सेरोफेरो होस् चाहे अध्ययनका क्रममा गर्नुपरेका मध्यम स्तरीय सङ्घर्षका नालीबेली उतार्ने सङ्केतका सन्दर्भमा । चाहे पेशामा कार्यरत रहँदाका जनजीवनका अन्तर संवेदनात्मक भक्कानाहरू हुन्, चाहे आफूभन्दा माथिल्ला पदबाहकहरूले गरेका अन्याय अत्याचार अनि भ्रष्टाचारका सूक्ष्म कलात्मक सङ्केतक सन्दर्भहरूमा किन नहोस् ।
यिनले उनीभित्रको त्यो अनुशासित अथाह स्रष्टत्वको स्वतः झलक दिन्छ । यतिमात्र नभएर जागिरकै सिलसिलामा विकसित देशका झिलिमिली शहरका अत्याधुनिक ज्ञानको भण्डारण गर्ने प्रसङ्गहरू नहुनेका लागि केही होइनन् तर साहित्यिक चासोभाव भएका व्यक्तिका लागि यसै पनि स्वर्णिम अवसरका ढोकाहरू हुन् । यसमा गोपी मैनाली यसतिर यसै पनि लालायित व्यक्ति भएकाले त्यो अन्तर्राष्ट्रिय अनुभवका प्रशस्त आनुभविक संसारलाई सञ्चित गरेका छन् । उदारमना यी व्यक्तिको अन्तर व्यक्तित्वले एक हिसाबले भन्ने हो भने आइफलको टुप्पोले फ्रान्सलाई छर्लङ्ग नियाले झैँ साहित्यिक उचाइको अग्लो भ्युटावर बन्नका लागि सामग्री सञ्चित गरिसकेका छन् ।
व्यक्तिगत तौरतरिकाले कुराकानीकै सिलसिलामा बुझ्दा पनि यिनीभित्र कहीँ कतै कुटिलता र छलछाम नभएका व्यक्ति पाइन्छन् । हक्कीपन र उदारचेत साहित्यिक अझ आख्यान साहित्य लेखनको त धरोहर नै हो । यिनी हक्की छन्, निर्भीक छन् । अझ लालसपनको त पित्कोसम्म यिनमा कतै पाइन्न । राष्ट्रिय/अन्तर्राष्ट्रिय दुवै क्षेत्रको भरमार अन्तर अनुभव यिनमा छ । साहित्य लेखनका लागि यिनै अपरिहार्य चिज हुन् जुन यिनमा टनाटन छन् ।
बस्नाका निमित्त घर छ, घरमात्र होइन परेका खण्डमा आयआर्जनको सिसमहल पनि । अन्य कार्यका लागि राज्यलाई उनले सुम्पेको श्रमबाट पत्नीको जीवनपर्यन्तसम्म पनि प्राप्त हुने निवृत्तिभरण अर्थात पेन्सन छ । मध्यमस्तरीय नेपाली जनजीवनका प्राप्तिको यो शिखर सगरमाथा हो । यसमा विवादका निधार खुम्च्याउनेहरू र नेपाली साहित्यका कुर्सीमा पनि मै हुँ भनेर नाकका पोरा ठड्याउन खोज्नेहरू प्रशस्त छन् । तिनका चाउरी परेका निधारमा खुम्चिएका रेखाले कैयौँ चिज, वस्तु र लालसाका आसनमा गिरिरहेका, अहंका बर्सादी ओढेर भिक्षाका रित्ता झोली फुकाउनेहरूको पनि नेपाली साहित्य समाजमा कमी छैन । यसबाट पनि अलग छ गोपी मैनालीको मनोलोक । तैपनि म उनीतिर तरवारको धार तेस्र्याइरहेछु किन ?
चेतनाको चाक्लो आँचमात्र साहित्यको अग्लो सिरानी होइन, समाधि समयावकाशको अठोट सच्चा साधकको शिविर हो । आत्मप्रकाशनको उज्यालो स्तम्भ, छलकपटविनाको अग्लो आकर्षक चेहरा, मन्तव्यको मिठासमा मोबायल हल्लाएर नै भए पनि ठीक ठाउँमा ट्वाक्क ट्वाक्क जोड अर्थात स्ट्रेस दिँदै सगरमाथाको टुप्पोबाट आइफलको पेरिससम्म श्रोतालाई वा दर्शकदीर्घालाई विनाहाइ पु¥याउन सक्ने यो भाइलाई नरुचाउने कमै आयोजक हुन सक्छन्, त्यहाँ उनले पुग्नै पर्यो । समय खोइ ?
भएर पनि छैन कि ? पुगेर पनि अपुग पो हुन्छ कि ? जस्ता पुख्र्यौली परम्परागत आमनेपाली अन्धसोचका अवशेष यिनमा पनि जीवित छन् । यस कारण नै कलेजका अनावश्यक अध्यापन कार्यमा विनाकाम समय खर्च गरिरहेछन् । एउटा कक्षा एक घण्टा पढाएर समय खर्च गर्नुको अर्थ हो पाँच घण्टा दिलदिमाखलाई साहित्य लेखनको स्वर्णिम अवसरबाट पूर्णतः अनावश्यक अलग गराउनु । यो पाँच घण्टा समय खेर फालेर थकित शरीरले घर पुग्नासाथ फेरि अर्को विद्युतीय कक्षामा पलेटी कस्नु । मानौँ यो पनि उही पाँच घण्टाको साहित्यिक शून्यताभित्र हराउनु हो-पानीबाट बगरबालुवामा निस्केको माछो झैँ ।
संसार छ- भोलि के होला ? स्वास्नी छे- पछि के होला ? छोराछेरी छन्- पठनपाठन, वर्तमन विवाह कसरी होला ? समाज छ उनीहरूका सामु छिः भनाउनु भएन, के भन्लान् ? कसरी आहा ! भनाउन सकिएला ? यावत प्रश्नभित्र माखेसाङ्लाका जेलमा मनोलोकका अंशहरू चेतनमा होस् वा अर्धअचेतनमा होस् रहनु अन्धपरम्परागत पुस्तौली आगमन संसारको उपज हो । भोलि के होला ? कसका काबुमा छ यो ? छ भन्नेभित्रका असङ्ख्य अनुहारहरू हाम्रासामु देखिन्छन् । यी जड्भविताभित्रका सालाखाला सामान्य मान्छेका अनुहारहरू हुन् । यसमा ठूल्ठूला डिग्री हासिल गरेकादेखि कख नै नचिनेका व्यक्तिसम्मका अनुहारहरू पर्दछन् । टाउकाले हिँड्ने र नाकले खाने जस्ता प्राकृतिक अपरिवर्तित अपवादबाहेक संसारमा यस्ता कुनै चिज छैनन् जसलाई बदल्न नसकियोस् ।
तर्कैतर्कको जेल बनाएर हाम्रो पुख्र्यौली भेदभावसहितको आभिजात्य सामन्त संस्कारले हामीलाई नख्खुको परिधिभित्र कैद गरेको छ । सम्पूर्ण बन्धन तोडेर व्यक्तित्व नहुनेसँग यी सबै कुरा निरर्थक छन् तर व्यक्तित्ववाहक गोपी मैनाली यी र यस्ता घेरामुक्त हुँदै दार्शनिक अध्यात्मको गहिराइ डुबेर नवसिर्जना लेखनको चकाचौध मर्करीमय समाधिका शुभकामनामा कलम बन्द गर्दछु ।
घर के होलाका सोच राख्नु त्यस घरमा बस्ने अर्को सदस्यले जीवनमा गर्नुपर्ने स्वसङ्घर्ष र स्वानुभवको ढोका बन्द गरिदिनु हो । भोलि के होलान्का सोचसँग आफू भिड्नु बालुवा भिजाएर माटो बनाउँछु भन्दै जल खर्चिनुको निरर्थकता मात्र हो । अझ सिञ्चन हुने ठाउँलाई सुख्खा बनाएको अपराधभाजक हुनुमात्र हो । कसैले कसैको संसार थेग्ने, परिवारको भविष्य निर्माणकको ठेक्का लिएको छैन । लिएको छु भन्ने दावी पारम्परित अन्ध अहँको प्रतिफलमात्र हो ।
यस घेराबाट, यस अन्ध चेतनाबाट सहज प्रकृति प्रदत्त अस्मिताको अन्तर गहिराइ सहज स्वस्फुर्त रूपमा प्रकाशित हुन गाढा साहित्यिक भावबाहक गोपी मैनालीले मुक्त भएर समयावकाशको समाधि कस्नु अपरिहार्य देख्छु म । यसै वा यिनै सोचभित्र व्यस्त रहने हो भने यो सम्भव छ ? किमार्थ छैन । जे छु ठीक छुको आभासमा रहनुले उज्यालो भोलिमा पर्दा लाग्छ । व्यक्तित्वको चमकमा निरन्तरता रहन्छ भन्ने कुनै निश्चितिको प्रमाणपत्र छैन र हुन्न पनि ।
सन्तानलाई सम्पत्तिको प्रतिस्पर्धाको संस्कार सम्प्रेषित गर्ने होइन । चेतनाको होडबाजीले पुख्र्यौली कुसंस्कार परास्त गर्ने संस्कारको वीजारोपण चाहिँ अत्यावश्यक हो । जन्माउनु स्वार्थी अपराध हो । बढाउनु, हुर्काउनु, पढाउनु, खुट्टा टेकाइदिनु दण्ड तिर्नु हो । चेतनशील भएपछि उनीहरूका लक्ष्यमा आफैँ सङ्घर्षशील रहेर पुग्ने संस्कार सम्प्रेषित गर्दै उनीहरू सँगै भएर पनि अलग रहनुको अन्तर्बोध विकसित गर्नु चाहिँ सच्चा स्रष्टाको सफा स्वरूप हो । वर्तमनको झिलिमिली, विवाहको चकाचौध, पास्नी छेवरका तपसिल धुन, काजकिरियाका स्वाँगे कात्रा गुताइ, पाठपूजाका धुवाँ उडाएर सामन्त पुरेतलाई स्वर्णमालाको आसन सजाइ, सराद्धेका टपरा टक्टकाइकै पुच्छर समातेर दौडिने हो भने हामी त्यही अन्ध परम्पराको सामन्त पुख्र्यौली संस्कार संवाहकभन्दा भिन्न हुन सक्दैनौं ।
आर्जन गरेको नयाँ चिन्तनको चिज संरक्षणार्थ भाँडो पनि नयाँ र खाली हुनुपर्छ नै । तिनै पुराना कुराले, तिनै परम्पराका भारले दिलदिमाख र मन टम्म भ¥यौँ भने नवचेतना विकास सम्भव छ विकसित हुनलाई ? असम्भव । तर्कमा सम्भव छ । यस्ता धेरै थाङ्ने तर्कहरू हाम्रा सर्वाङ्गमा परम्पराले टम्म भरिदिएको छ । जसबाट जसरी झिके पनि फुत्त फुत्त आउने गरी- मायामोहका तर्कहरू, संस्कारसंस्कृतिका तर्कहरू, दम्भदमनका तर्कहरू, अनुशासनर कर्तव्यका तर्कहरू, धर्मदायित्वका तर्कहरू । तर्कैतर्कको जेल बनाएर हाम्रो पुख्र्यौली भेदभावसहितको आभिजात्य सामन्त संस्कारले हामीलाई नख्खुको परिधिभित्र कैद गरेको छ । सम्पूर्ण बन्धन तोडेर व्यक्तित्व नहुनेसँग यी सबै कुरा निरर्थक छन् तर व्यक्तित्ववाहक गोपी मैनाली यी र यस्ता घेरामुक्त हुँदै दार्शनिक अध्यात्मको गहिराइ डुबेर नवसिर्जना लेखनको चकाचौध मर्करीमय समाधिका शुभकामनामा कलम बन्द गर्दछु ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts