काठमाडौं । ‘फेसियल हाउस’ले आफ्नो १७औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको प्रमुख आतिथ्यता र फेसियल हाउसकी प्रबन्ध निर्देशक एवं वरिष्ठ ब्युटिसियन सुष्मा महराको अध्यक्षतामा काठमाडौंको त्रिपुरेश्वरस्थित बगनभिल्लामा बुधबार भव्यतापूर्वक वार्षिकोत्सव सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठ, वुमन कम्युनिटी (यूएलआईकी) अध्यक्ष भगवती खड्का, राजनीतिक विश्लेषक प्रकाश रायमाझी, नेपाल ब्युटी एसोसिएसनकी महासचिव शशि शाह र फेसियल हाउसका संरक्षक तथा कर्पोरेट खबरका प्रधानसम्पादक उज्ज्वलजंग शाहको उपस्थिति थियो ।
उज्ज्वलजंगले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको उद्घाटन उपमेयर डंगोल र अन्य अतिथिका साथमा फेसियल हाउसकी प्रबन्ध निर्देशक एवं वरिष्ठ ब्युटिसियन महराले केक काटेर गर्नुभएको थियो । सो अवसरमा फेसियल हाउसले गरेका क्रियाकलापको १२ मिनेट लामो वृत्तचित्र (डकुमेन्ट्री) प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि उपमेयर डंगोलले फेसियल हाउसको १७औं वार्षिकोत्सवको शुभकामना व्यक्त गर्दै महिलाको शसक्तीकरण कस्तो हुन्न भन्ने कुरा फेसियल हाउसले देखाएको बताउनुभयो । ‘ब्युटिले ब्यक्तिको कन्फिडेन्स बढाउने अझ उत्साह ल्याउँछ त्यतिमात्र होइन एउटा महिलाको सफलताले धेरै महिला दिदीबहिनिलाई प्रेरणा मिलेको छ’, उहाँले भन्नुभयो ।
त्यस्तै नेपाल उद्योग वाणिज्य संघका काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले वार्षिकोत्सव भव्यतापूर्वक सम्पन्न गरेकोमा फेसियल हाउसलाई बधाई तथा शुभकामना व्यक्त गर्दै भन्नुभयो, ‘महिलाहरूले व्यवसायलाई नेतुत्व गरेर यहाँसम्म ल्याउनु सजिलो छैन फेसियल हाउसले त्यो चुनौती चिरेको छ, र सबैलाइ आत्म बिश्वास पनि बढाएको छ ।’
यस्तै नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले फेसियल हाउसलाई वार्षिकोत्सको उपलक्ष्यमा शुभकामना दिँदै आगामी दिनमा अझ राम्रो विकास र विस्तारमा जोड दिन आग्रह गर्नुभयो । ‘सबैको प्रयासबाट सफलता हासिल गरिएको र यसले पुरुषहरूलाई पनि सक्षम बनाउन र साथै रोजगार सिर्जना गर्नु ठूलो भूमिका छ’, उहाँले भन्नुभयो । वुमन कम्युनिटी (यूएलआई) की अध्यक्ष भगवती खड्काले फेसियल हाउस १७ वर्ष पुगेको अवसरमा शुभकामना दिँदै आगामी दिनमा अझ प्रगति गरी स्वदेशमै रोजगारी दिनुपर्ने बताइन् ।
त्यस्तै कार्यक्रममा आफ्ना भनाइ राख्दै नेपाल ब्युटी एसोसिएसनकी अध्यक्ष शशी शाहले ब्युटी क्षेत्रको आवश्यकता र महŒवको विषयलाई अझ महत्त्वका साथ अघि बढाउनुपर्ने बताउनुभयो । ‘ब्युटी आफैंमा एउटा स्किल हो ब्युटी आफैंमा एउटा सुन्दरता हो यसलाइ नकारात्मकता होइन कि सकारात्मक नजरले हेर्नुपर्छ’, उहाँले भन्नुभयो ।
फेसियल हाउसकी प्रबन्ध निर्देशक एवं वरिष्ठ ब्युटिसियन महराले १७ बर्षसम्म यात्रासम्म आउनमा फेसियल टिमबाटमात्र सम्भव भएको बताइन् । ‘आगामी दिनमा अझै धेरै काम गर्न बाँकी रहेको हुँदा सबैको साथ हातेमालो हुने विश्वास छ’, उहाँले भन्नुभयो ।
वार्षिकोत्सवमा यसका विभिन्न शाखामा कार्यरतमध्ये उत्कृष्ट कर्मचारीलाई पुरस्कार तथा सम्मान प्रदान पनि गरिएको थियो । कार्यत्रमकी प्रमुख अतिथि उपमेयर डंगोलको हातबाट गरिमा शाहीलाई वेष्ट अलराउण्डर पर्फमर अवार्ड प्रदान गरिएको थियो । यस्तै, विनिता पुराकोटीलाई वेष्ट बिहृयावियर एण्ड भ्याल्युज अवार्ड दिइएको थियो भने पोखराबाट यही अवार्ड धना थापाले हात पार्नुभएको थियो । ‘वबस्ट कस्टमर सर्भिस’ अवार्ड चारजनालाई प्रदान गरिएको थियो । सनिदेवल ठाकुर, जीवन चौधरी, मनोज ठाकुर र विजयकुमार ठाकुरले यो अवार्ड प्राप्त गर्नुभयो ।
वेष्ट अप्रेशनल एक्सिलेन्स अवार्डबाट कमल ठाकुर सम्मानित हुनुभयो भने ‘वेष्ट पर्फर्मेन्स अफ इयर’ अवार्ड दुर्गा ढुंगानाले पाउनुभयो । पोखरा शाखाबाट इशा रानामगरलाई उक्त अवार्डबाट सम्मान गरिएको थियो ।
त्यस्तै ‘बेस्ट पर्फर्मर’ अवार्डबाट अस्मिता थापा, पोखरा शाखाबाट झर्ना गुरुङ, तारा भुजेल, सृष्टि म्रिङचिङ, अंकिता लामा सम्मानित हुनुभयो । वेष्ट स्किन केयरतर्फको अवार्ड जेनी तामाङ, पुनम घर्तीमगर, ईश्वरीकुमारी जोशी, इन्दु तामाङ, केएल टावर शाखाकी इन्दुमाया तामाङले प्राप्त गर्नुभयो । वेष्ट टिम इम्पावरमेन्टतर्फको अवार्ड प्रीति रानाले प्राप्त गर्नुभयो ।
फेसियल हाउसको ब्राण्ड निष्ठा र विश्वास कायम राख्न उल्लेखनीय योगदान पुर्याएबापत प्रभा थापा, सलुजा चौधरी, नमिना श्रेष्ठ, सञ्जी रानामगर र वीरेन्द्रसिंह बल तामाङलाई सम्मान गरिएको थियो । यस्तै फेसियल हाउसका कर्मचारीहरू अजिता चौधरी, अञ्जलि यादव, आरजु पौडेल, विकास थापा, बिना लिम्बु, विशाल ठाकुर, चन्द्र परियार, गंगामाया श्रेष्ठ, हरिबहादुर आलेमगर, ईश्वरीराम खड्कालाई मायाको चिनो प्रदान गरिएको थियो ।
जिबुमाया राई, जुनु विक, कञ्चन साउद, लक्ष्मी थपलिया, मञ्जुदेवी घिमिरे, मेनाज ओस्ता, मीना घर्ती श्रेष्ठ, पवित्रादेवी अधिकारी, प्रदीप ठाकुर हजाम, प्रमिला खाती, प्रेमराम भुल, प्रिया घिसिङ (शान्ति), प्रिया गुरुङ, राजकपुर ठाकुरलाई पनि मायाको चिनो प्रदान गरिएको थियो ।
यसैगरी रेश्मीकुमारी तामाङ, रिता कुमाल, ऋतश्मा मुखिया, रोजी महर्जन पन्त, सबिना लकाई, सन्ध्या थापा, सनदीप परियार, सरस्वती लामिछाने, सरिता थापा, सतिश श्रेष्ठ, शोभा थापा मक्राती, सीता धामी जिसी, सुमित्रा तामाङ, सुनिता परियार, सुनिता वाइबा, सुनिता मोक्तान, सुशान्त ताम्राकार, सुशता श्रेष्ठ, उषा सापकोटाले पनि मायाको चिनो प्रदान गरिएको थियो ।
वार्षिकोत्सव समारोहमा संस्थाका २६ जना कर्मचारीलाई उहाँहरूको कामको आधारमा विभिन्न शीर्षकमा अवार्ड प्रदान गरिएको थियो भने ४३ जना कर्मचारीलाई टोकन अफ लभ प्रदान गरियो । यस्तै, उत्कृष्ठ शाखा, शाखाका उत्कृष्ठ कर्मचारी र आफ्ना पाँचजना विद्यार्थीलाई पनि अर्वाड प्रदान गरिएको थियो । यसैगरी फेसियल हाउसलाई विभिन्न कोणबाट सहयोग पु¥याउने महालक्ष्मी इम्पेक्स, सलुन सप्लायर्स, एभाएंगा इम्पेक्स, कस्मेटिक्स ट्रेड, मल्टी न्युट्रेशन, कोशिस ट्रेड, टू एनएस सप्लायर्स, स्किन इन्सपायर्ड, न्यू जेएस ट्रेडर्स, फोटोग्राफर कुवेर डंगोल र उद्धव रसाइली, कुसुम बुटिककीकी कुसुम श्रेष्ठ, नेभा फेसन बुटिक, हुन्छ डटकम र कार्यक्रम प्रस्तोता राजा राजेन्द्र पोखरेललाई पनि टोकन अफ लभ प्रदान गरिएको थियो ।
काठमाडौंको सुन्धारास्थित काठमाडौं मलको चौथो तलामा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसले काठमाडौंकै चाबहिलस्थित केएल टावर, पोखरा, सुर्खेत, धनगढी र चितवनमा शाखा सञ्चालन गरी सेवा प्रवाह गर्दै आएको छ भने अन्य धेरै ठाउँमा फ्रेन्चाइज ब्रान्चहरूबाट पनि सेवा उपलब्ध गराएको छ ।






