काठमाडौं । गीतकार तथा मोडल भुवन लोहनीले नयाँ गीत ‘कुन देवको सृष्टि हौं’ सार्वजनिक गरिएको छ । सविन सुवेदी र समीक्षा अधिकारीको स्वर, वसन्त सापकोटाले संगीत र श्याम बागदासले मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतलाई डोरेमी स्टुडियोमा भानुभक्त ढकालले रेकर्डिङ गर्नुभएको हो ।
मौसम हिमालीको निर्देशन एवं कोरियोग्राफी रहेको गीतको भिडियोमा भुवन लोहनी र उषा उप्रेतीको अभिनय छ । गीत प्रेम भावमा तयार गरिएको छ । गीतको भाव अनुसारकै यसको भिडियो तयार गरिएको छ । भिडियोमा भुवन र उषाको जोडी सुहाएको छ । उनीहरूबीचको प्रेम सम्बन्धलाई भिडियोमा कथानक रूपमा प्रस्तुत गरिएको छ । नवराज उप्रेतीले खिचेको गीतको भिडियोमा सम्पादन तथा रंग संयोजन मनोज कार्कीको छ ।
केही वर्षयताबाट अमेरिकामा बस्दै आउनुभएका लोहनीले आधा दर्जनभन्दा बढी भिडियोमा मोडलिङ गर्नुभएको छ । उहाँको अघिल्लो महिना बाबाआमा गीतको भिडियो रिलिज भएको थियो । गीतको भिडियोलाई कृपा फाउण्डेशनको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा