काठमाडौं । १८औं संस्करणको मिस नेवाः नेपा ११४५ का लागि अडिशन राउण्ड सम्पन्न भएको छ । नेप्लिज फेशन होम र फाइट फर लाइफ नेपालको आयोजनामा हुने नयाँ संस्करणका लागि अडिशन राउण्ड सम्पन्न भएको हो । काठमाडौंमा आयोजित अडिशनमा नेपालको विभिन्न क्षेत्रबाट तीन दर्जनभन्दा बढी नेवार सुन्दरीहरू सहभागी भएका थिए । मिस नेवाः नेपा ११४५ को अडिशनसँगै नेवारहरूको चाड यमरी पुन्हीको अवसरमा ‘त्यछिं त्य’ कार्यक्रम पनि सम्पन्न गरिएको छ । जसअन्र्तगत सहभागीले योमरी बनाउने कला र विधि प्रदर्शन गरेका थिए ।
फाइट फर लाइफ र नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरको सभापतित्व, काठमाडौं महानगरपालिका वडा नं १८ का वडा अध्यक्ष न्हुछेकाजी महर्जनको प्रमुख आतिथ्यता र मिस लिटिल नेवाः ११४२ सुज्योति डंगोलको विशेष आतिथ्यतामा सम्पन्न अडिशनमा मिस नेवाः ११४३ सकिना महर्जन, कोरियोग्राफर रोजिन शाक्य, नेपाल भाषा प्रशिक्षक राजु नापित, नेवाः देय दबु चन्द्रागिरिका अध्यक्ष धनवीर महर्जन, गायिका सविना मानन्धर, लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एलका पिआरओ.इन चिफ लायन मनकृष्ण श्रेष्ठ र नेपाल लिपि प्रशिक्षक शान्त महर्जन निर्णायक रहनुभएको थियो ।
१८औं संस्करणको मिस नेवाः नेपा ११४५ नेपाल टेटिकमको मुख्य प्रायोजनमा हँुदैछ । प्रतियोगिता रोजिन शाक्यको कोरियोग्राफी, राजु नापितको नेपाल भाषा प्रशिक्षण तथा मिस नेवाः कृषा महर्जन र सकिना महर्जनको संयोजनमा हुने आयोजकले जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts