बर्दिया । बर्दियामा १४ वर्षिय बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ भने अन्य तिन जना फरार रहेका छन् ।
गत भदौमा १४ वर्षीया किशोरीलाई पटक-पटक सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले बाँसगढिका ५ जनालाई पक्राउ गरिएको बताएको छ । थप तीन आरोपित फरार छ्न । उनिहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
बाँसगढि प्रहरीका अनुसार पक्राउ पर्नेमा १८ वर्षका पाँच किशोर छ्न । पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका-२ का २२ वर्षीय भरत बुद्धिराम डाँगी, २३ वर्षीय गोपालजंग शाह र १९ वर्षीय रवि चन्द रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ८ जनाविरुद्ध अनुसन्धान गर्न प्रहरिले बर्दिया जिल्ला अदालतबाट पाँच दिन म्याद थप गराएको छ । फरार भएकाको खोजी कार्य जारी रहेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता