✍️ शर्मिला तिमल्सिना
मुतकारिब मुसम्मन सालिम
१२२ १२२ १२२ १२२
सुनायौ प्रियाको कहानी तिमीले
केही लाज मान्दै नमानी तिमीले
खुबै प्यार गथ्र्यौ तथापि लघार्यौ
लुट्यौ घात गर्दै जवानी तिमीले
वदनको असाध्यै प्रशंसा गरेर
जलायौ र पार्यौ खरानी तिमीले
दिई कष्ट साह्रै लियौ हक सबै नै
पिटेको मेटायौ निसानी तिमीले
ठगी गर्न माहिर बनी ठग्न थाल्यौ
बनायौ रुबी जिन्दगानी तिमीले ।।
गजुरी गाउँपालिका-५, धादिङ, हालः काठमाडौं ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता