काठमाडौं । थाइल्याण्डको बैंककमा आयोजित अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता मिस हेरिटेज पेटाइट युनिभर्सको शीर्ष उपाधि नेपालबाट प्रतिनिधित्व गर्नुभएकी मनिषा राजवंशीले चुम्नुभएको छ । ४३ देशका प्रतिनिधि प्रतिस्पर्धी रहेको प्रतियोगितामा राजवंशीले चुम्नुभएको हो ।
झापा बाह्रदशी गाउँपालिका-६ की मनिषाले समाजशास्त्रमा एमए गर्नुभएको छ । शिक्षिकासमेत रहनुभएकी उहाँ राजवंशी समुदायको बारेमा थेसिस पनि गरिरहनुभएको छ । उहाँले २०१८ मा मिस राजवंशी (दोस्रो रनर अप), २०१९ मा मिस ग्रेस काठमाडौं (दोस्रो रनर अप),सन् २०१८ मा मिस राजवंशीको उपाधि जित्नुभएको थियो । त्यस्तै २०२१ मा मिस डिभाको विनर हुनुभएको थियो ।
मनिषासहित अन्य विधाका प्रतिस्पर्धीमा नेपालबाट प्रशंसा बुढाथोकी, वसन्त लामिछाने, सुश्मिता श्रेष्ठ र अलिशा लोले थाइल्याण्ड पुग्नुभएको थियो । अन्य विधामा पनि नेपालले धेरै उपाधि हात पार्न सफल भएको नेपालका इभेन्ट निर्देशक रमेश शाहीले जानकारी गराउनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा