काठमाडौं । बिली जिन किङ कपमा सहभागी हुन पाँच खेलाडीसहित सातसदस्यीय नेपाली टेनिस टोली शुक्रबार बहराइनको मानामा प्रस्थान गरेको छ । नोभेम्बर २५ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा पाँच महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
अभिलाषा विष्ट, सुनिरा थापा, स्वस्तिका विष्ट, प्रकृति श्रेष्ठ र प्राज्ना मानन्धरले खेल्नुहुनेछ । प्रशिक्षकमा सन्तोष खत्री तथा व्यवस्थापकमा नेपाल टेनिस संघका सदस्य अजय विष्ट रहनुभएको छ ।
सातदोबाटोमा एक कार्यक्रमबीच टेनिस संघका महासचिव मनोहरदास मुल र सदस्य जयजीव हाडाले शुभकामनासहित टोलीको बिदाइ गर्नुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता