
नेपालले पहिलो पटक छिमेकी देश बंगलादेशमा नेपालमा उत्पादित बिजुली निर्यातको थालनी गरेको छ । यसलाई नेपालको एउटा ठूलो उपलब्धिका रूपमा हेरिएको छ । केही समय अघिदेखि चर्चा हुँदै आएको यस कार्यले हालैमात्र सार्थकता पाएको हो । नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, भारतका विद्युतमन्त्री मनोहरलाल खट्टर तथा बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिर खानले भर्चुयल माध्यमबाट बंगलादेश विद्युत् निर्यातको औपचारिक शुभारम्भ गर्नुभएको छ । नेपाल र बंगलादेश परम्परागत रूपमै अभिन्न मित्र रहिआएका छन् । बंगलादेशको स्वतन्त्रताका लागि नेपालीहरूको पनि योगदान रहेको थियो भने नेपालका प्रजातान्त्रिक आन्दोलनहरूमा बंगलादेशको पनि सहयोग रहेको थियो ।
बंगलादेश नेपालबाट टाढा छैन तर नेपाललाई तीनतिरबाट भारतले घेरेको हुनाले नजिक भएर पनि बीचमा भारतको भूमि भएकाले बंगलादेशसँगको हाम्रो व्यापार सम्बन्ध सहज बन्न सकिरहेको छैन । नेपालमा उत्पादित चामल तथा दालजस्ता दैनिक उपभोग्य वस्तुको निकासीमा समेत असहज वातावरण सिर्जना हुँदै आइरहेको अवस्था छ । हाम्रो अन्तरनिर्भरता भारतसँग रहँदै आएको छ । यो परम्परादेखिको सम्बन्ध र हालको अधिकांश सामग्रीमा भारतसँगको निर्भरताले गर्दा भारतले बंगलादेशसँगको हाम्रो सम्बन्धलाई त्यति रुचाउने गरेको छैन । यस अर्थमा जसरी पूmलबारीको बाटोबाट स्थलगत वस्तुहरूको हामीले सहजताका साथ व्यापार व्यवसाय गर्न नपाइरहेको अवस्थामा हाल विद्युत् निकासी गर्न पाउनुलाई उपलब्धिका रूपमा हेर्नुपर्ने हुन्छ ।
बंगलादेश र नेपाल आर्थिक रूपमा समान हैसियतका राष्ट्रहरू हुन् । राजनीतिक रूपमा पनि त्यहाँ र यहाँ बेलाबेलामा राज्यप्रणाली परिवर्तन हुनेगरेको पाइन्छ । तर, नेपाल प्राचीन र स्वतस्त्र राष्ट्रका रूपमा रहिरहेको छ भने बंगलादेश नयाँ राष्ट्र हो । अंग्रेजहरूले भारत छोडेर जाँदाजाँदै भारतलाई टुक्र्याइदिएका थिए । हिन्दुस्थान र पाकिस्तान गरी दुई देशका रूपमा विभाजित भएका दुई देशमध्ये पाकिस्तानबाट पछि बंगलादेश स्वतन्त्र भएको थियो । पूर्वी पाकिस्तान भनेर चिनिने बंगदादेश स्वतन्त्र भएपछि पनि त्यहाँ अनेकौं हिंसात्मक आन्दोलन र परिवर्तन भएका थिए । नेपाल जस्तै सार्क र बिमस्टेकको सदस्य राष्ट्र बंगलादेश आर्थिक रूपमा सम्पन्न राष्ट्र मानिँदैन तर पछिल्ला दिनहरूका आर्थिक सम्पन्ताको मार्गतर्फ उन्मुख हुँदै आएको छ ।
बंगलादेश बिजुलीमा आत्मनिर्भर छैन । नेपालको बिजुली किन्न चाहेको भएर पनि भारतको बाटो भएर लानुपर्ने भएका कारण यस्ता दुई पक्षीय व्यापारका काम हुन सकिरहेका थिएनन् । तर, हाल भारतको समेत सहमति लिएर नेपालले बंगलादेशलाई विद्युत् निर्यात गर्ने भएको छ । यो दुई पक्षीय हितको काम हो । नेपालले आफ्नो उत्पादनबाट नेपालमा खपत भएर बढी भएको बिजुली भारतमा समेत निर्यात गर्दै आएको छ । एकताका भारताट बिजुली आयात गर्ने नेपाल हालका दिनहरूमा बिजुली निर्यात गर्न सक्षम बनेको छ । नेपाल जलसम्पदामा धनी छ र यहाँका नदी नालाहरूबाट पर्याप्त मात्रामा विद्युत् निकाल्न सकिन्छ ।
अहिले जेजति उत्पादन भएको छ त्यो नेपालको उत्पादन क्षमताको दुई प्रतिशत मात्र हो भन्ने गरिएको छ । अरू ९८ प्रतिशत हाम्रो क्षमता उपयोग हुनपाएको छैन । पूर्ण क्षमताको दुई प्रतिशत मात्र उत्पादन गर्दा पनि आफूले बिजुली बालेर बाँकी भारत र बंगलादेशलाई दिनसक्ने रहेछौं भने नेपालको विद्युत् उत्पादनको ५० प्रतिशत मात्र उत्पादन गर्नसक्ने हो भनेमात्र यसैका माध्यमबाट नेपाल सम्पन्न भएर विश्वका सम्पन्न मुलुकसरह बन्न सक्नेछ । तर, विडम्बना के छ भने हामीसँग स्रोतसाधन हुँदाहुँदै पनि तिनको समुचित प्रयोग गर्न सकिरहेका छैनौं ।
विद्युत्को त्यत्रो सम्भावना भएर पनि त्यसको दुई प्रतिशत मात्र उत्पादन हुनसकेको छ र त्यो पनि अर्काकै सहयोगबाट उत्पादन भएको छ । बिजुलीको मात्र कुरा होइन खानी, वनपैदावार, औषधीजन्य वस्तुको संकलन र प्रशोधनजस्ता कार्यका लागि हामीले अरूसँग सहयोग माग्नुपर्ने अवस्थामा कमी आएको छैन । आत्मनिर्भरता हासिल गर्न नसकुन्जेल यस्तो अवस्थामा सुधार भएर जाँदैन । जलविद्युत्को क्षेत्रमा मात्र होइन हाम्रो यसै शरहको अर्को क्षेत्र हो पर्यटन व्यवसाय । हिमाललगायत विविध वस्तु तथा स्थानका कारण यो क्षेत्र पनि नेपालको ठूलो आयआर्जनको क्षेत्र बन्न सक्छ तर यस क्षेत्रबाट नेपालले आशातीत लाभ हासिल गर्न सकेको छैन । पर्यटन र जलविद्युत् यी दुई क्षेत्रलाई पूर्णक्षमताका साथ परिचालन गर्ने हो भने नेपालको स्वरूप नै बदलिन सक्छ ।
विद्युत् निर्यातको थालनीबाट यसको सुरुवात भएको छ भन्दा फरक नपर्ला । भारतमा निर्यात गर्न थालेको केही वर्ष भइसकेको भए पनि बंगलादेशमा निर्यातका लागि भरखरमात्र प्रक्रिया पुर्याइएको छ र यसको थालनी भएको छ । यसको निरन्तरताको प्रयास हुनु आवश्यक छ । केही समयपछि नै अवरुद्ध हुनेगरी काम गर्नु उचित हुँदैन । आफ्नो हित अनुकूल नहुनासाथ सम्झौताका पक्षधर राष्ट्रहरूले वा तेस्रो राष्ट्र वा पक्षले यस कार्यका अवरोध पु¥याउन सक्छन् । यसतर्फ नेपाल र बंगलादेश दुबै सचेत रहनुपर्ने हुन्छ । यस कार्यलाई दिगो बनाउनसक्ने हो भने नेपाल तथा बंगलादेश दुबैलाई यसबाट हित हुन सक्नेछ । यसतर्फ दुबै राष्ट्रहरूले सचेततापूर्वक सोच्नु आवश्यक छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच