अख्तियारद्वारा सिम्रौनगढ नगरपालिकाका अधिकृत वीरेन्द्र प्रसाद साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराकाे सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुले घुस लिई भ्रष्टाचार गरेको आराेपमा आरोपपत्र दायर गरेकाे छ ।

अधिकृत कानुले बिल भुक्तानी गरेवापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले रु.७८,०००।- (अठहत्तर हजार रुपैयाँ) घुस बापतको रकम लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगका  प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयाे ।

ADVERTISEMENT

अनुसन्धानको क्रममा अधिकृत कानुले बिल भुक्तानी गरेवापत सेवाग्राहीसँग रु.७८,०००।– घुस/रिसवत माग गरी लिएको पुष्टी हुन आएकोले निज वीरेन्द्र प्रसाद साह कानु उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.७८,०००।–(अठहत्तर हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?